जहाजभन्दा सुरक्षित र रेलभन्दा छिटो कुद्ने हाइपरलुप बनाउँदै नेपाली ठिटो
उन्नाइसौं शताब्दीमा आविष्कार भएको रेल र बीसौं शताब्दीको आविष्कार हवाईजहाजका भरमा चलिरहेको दुनियाँलाई एक्काइसौं शताब्दीले त्योभन्दा तीव्र गतिको केही दिनेवाला छ ? ‘जरुर !’ वैज्ञानिकहरू भन्दै छन्, ‘अबको केही वर्षमै हाइपरलुप सेवामा हाजिर हुनेछ ।’
जहाजभन्दा सुरक्षित र कुनै पनि रेलभन्दा छिटो कुद्ने गरी परिकल्पना गरिएको हाइपरलुपको तीव्र गतिमाथि आइतबार मात्रै अमेरिकाको लसएन्जलसमा विश्वव्यापी प्रतियोगिता भएको थियो, जसको विजेता समूहमा एक नेपाली युवा पनि सामेल छन् ।
जर्मनीको टेक्निकल युनिभर्सिटी अफ म्युनिखमा कम्प्युटेसनल मेकानिक्सका विद्यार्थी दिनेश पौडेल र उनका सहपाठी टोलीले सबभन्दा छिटो कुद्ने हाइपरलुपको पोड (रेलजस्तै कुद्ने डब्बा) बनाएर संसारभरका प्रतिस्पर्धीलाई उछिनेको हो । ‘हाम्रो एक वर्षसम्मको अहोरात्र मिहिनेतले फल दिएको छ,’ प्रतिस्पर्धा जितेपछि पौडेलले कान्तिपुरसँग फोनमा भने, ‘सपनाले आकार लिएको छ र मलाई असाध्यै गर्व अनुभव भइरहेको छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा घनश्याम खड्काले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेबी पाउडरसम्बन्धी मुद्दा सल्ट्याउन साढे ५ अर्ब तिर्ने जोनसन एन्ड जोनसनको प्रस्ताव
-
सार्वजनिक स्थानमा गालीगलौज र सास्ती दिने तीन जना पक्राउ
-
२४ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
३ वर्षमा सकिनुपर्ने रसुवागढी एकीकृत भन्सार भवन १० वर्षसम्म अधुरै (तस्बिरहरू)
-
स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल
-
दार्चुलामा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण