शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

नायकलाई दुईवटा केराको ४४२ लिने पाँच तारे होटलले तिनुपर्यो थुप्रै गुणा बढी जरिवाना

आइतबार, १२ साउन २०७६, ०९ : ४८
आइतबार, १२ साउन २०७६

बलिउड नाय राहुल बोससँग दुई वटा केराको ४४२ भारु असुल गर्नु चंडीगढको होटललाई महँगो पर्‍यो । यो मामलामा राहुलको भिडियो भाइरल भएपछि एक्साक्ष्ज एण्ड ट्याक्सेशन डिपार्टमेन्टले कानूनको उल्लंघन गरेको भन्दै जेडब्ल्यू म्यारियोट होटलमाथि २५ हजार भारुको जरिवाना लगाएको छ । यसबारे हिन्दुस्तान टाइम्सले जानकारी दिएको छ ।

मामला यो हो कि राहुल हालै चंडीगढमा कुनै फिल्मको सुटिङ गर्न पुगेका थिए । यतिबेला राहुल शहरको एउटा होटलमा बसेका थिए तर होटलको एउटा बिलले राहुललाई अचम्ममा पारिदियो । राहुल बेसले सोसल मिडियामा एउटा भिडियो सेयर गर्दै आफूलाई दुईवटा केराको बिल ४४२ भारु पठाएको जानकारी दिए ।

यो भिडियो भाइरल भएपछि मामलालाई गम्भीरतापूर्वक लिँदै चंडीगढका डेप्युटी कमिश्नर, एक्साइज ट्याक्सेशन कमिश्नर मन्दिप सिंह बरारले होटल जेडब्ल्यू म्यारियोटविरुद्ध उच्च स्तरीय अनुसन्धानको आदेश दिएका थिए । अब होटलमाथि कारवाही भएको छ र जरिवाना पनि तोकिएको छ ।

पाँचतारे होटलमा अर्डर गरे केरा, बिल देखेपछि यी नायकको उड्यो होस्

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप