यसरी रोए समिति बैठकमा माधव नेपाल र मन्त्री योगेश भट्टराई(भिडियोसहित)
काठमाडौँ– नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नवनियुक्त पर्यटनमन्त्री योगेश भटराई संसदीय समितिमा भक्कानिदै रोएका छन् । नेता नेपाल र मन्त्री भट्टराई भक्कानिएपछि समितिको बैठकमा एकछिन सन्नाटा छायो ।
सिंहदरवारस्थित संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले नवनियुक्त योगेश भट्राईलाई स्वागत कार्यक्रम राखेको थियो । कार्यक्रममा सहभागि हुन नेता नेपालसहित समितिका प्राय सबै सदस्यहरु उपस्थित भएका थिए । बैठकमा नेता नेपालले नवनियुक्त मन्त्री भट्राईलाई मन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निभाउन सुझाव दिएका थिए ।
नेपाल बोलेलगत्तै समितिमा बोल्ने पालो थियो मन्त्री योगेश भट्टराईको । बोल्ने क्रममा मन्त्री भट्टराईले माधवकुमार नेपाल आफ्नो नेतामात्रै नभएर गुरु नै भएको बताए । त्यसपछि उनले २०४३ सालको घट्ना स्मरण गर्दै आफु मृत्युको मुखमा पुगेको बेला नेता नेपालको एक स्पर्शले आफुलाई बाच्ने शक्ति प्रदान गरेको स्मरण गरे । त्यसपछि बैठकको माहोल फेरियो । बैठकमा एकाएक सन्नाटा छायो ।
यस्तो रहेछ २०४३ सालको घटना
योगेशका अनुसार २०४३ सालको निर्वाचनलाई पार्टीले जनपक्षीय उम्मेदवारमार्फत उपयोग गर्ने नीति लिएको रहेछ । त्यही अभिानअन्र्तगत योगेश काठमाडांैमा खटिएका रहेछन् । ‘खाने बस्ने ठेगान थिएन । एक्कासी विरामी भएछु । बिरामी भएपछि टिचिङ अस्पतालमा भर्ना भएँ । ६० दिन अस्पताल बसे । डाक्टरले म बाँच्ने आस मारिसकेका थिए ।
त्यही बेला उहाँ (माधव नेपाल) मलाई भेट्न अस्पताल आउनुभयो र उहाँको एक स्पर्शले नै मलाई बाच्ने शक्ति प्राप्त भयो’ भावुक हुँदै योगेशले सुनाए । योगेशले भावुक हुँदै विगत सुनाएपछि माधव नेपालका आँखा रसाए । सबैले नेता नेपालको अनुहार हेरे । नेता नेपालका आँखा रसाएपछि मन्त्री भट्टराइको पनि गला अबरुद्ध हुन पुग्यो ।
हेर्नुहोस् भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रम : उच्च महत्त्वाकाङ्क्षा समेटिएको दस्तावेज
-
सडक अलपत्र पार्ने ठेकेदारलाई कालोसूचीमा राख्न माग
-
सरकारको नीति तथा कार्यक्रममा टीआरसी मुद्दाले फेरि पायो निरन्तरता
-
विद्युतीय प्रणालीमा १६ लाख ७८ हजार कृषक घरधुरी सूचीकृत
-
एकीकृत समाजवादीको केन्द्रीय कमिटी : १२ समूहमा छलफल
-
‘पालिका जस्तो पनि प्रदेश चलेन’