पत्रकार बन्दै कर्मा
आइतबार, १९ साउन २०७६, १७ : २७

काठमाडौं – फिल्म ‘षट्कोण’ निर्माण घोषणा गरिएको छ । राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा फिल्मको घोषणा भएको हो ।
मिलन डि. काप्रीको निर्देशन रहने फिल्म १८ भदौबाट फ्लोरमा जाने कार्यक्रममा जानकारी दिइएको छ ।
कर्मा शाक्य, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, विराज कडरिया, शिशिर वनेमलगायतका कलाकारको अभिनय रहने फिल्मको कथा मनोवैज्ञानिक रहस्य बनाइएको छ ।
शिशिर वनेमको कथा तथा पटकथा रहेको फिल्ममा महेश दवाडीको संवाद छ । अभिनेता कर्माले आफूले फिल्ममा पत्रकारको भूमिका निर्वाह गर्न लागेको कार्यक्रममा बताए ।
आङछेन लामाले खिच्ने फिल्मलाई क्लेमेन्टाइन प्रोडक्सन प्रा.लिले निर्माण गर्न लागेको हो ।
भीमफेदी र काठमाडौंमा छायाङ्कन हुने फिल्ममा विशेष पाण्डेको ध्वनी रहनेछ । रहस्मय मर्डरको कथामा फिल्मको बिषयवस्तु रहेको निर्देशक डि. काप्रीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘मोहर’को ‘चाहिँदैन मोहर पर्दैन सुकी’ गीत सार्वजनिक
-
आफ्नै निर्णयबाट पछि हटे मेयर बालेन, चार वडा अध्यक्षलाई पूर्ववत जिम्मेवारी
-
चलचित्र ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक
-
कैलाली कारागारमा कैदीबन्दी मृत्यु प्रकरण : सई पक्राउ
-
प्रमुख तीन दलको बैठक स्थगित
-
मन्त्रीले आफ्नो वडा र टोलमा बजेट हाल्नु स्वाभाविक : सांसद ढकाल