हेटौँडा–काठमाडौं चल्ने सुमोमा जोरबिजोर प्रणाली
काठमाडौं– हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको फाखेल र सिस्नेरी सडकमा जोरबिजोर प्रणालीमा सुमो सञ्चालन हुने भएको छ । स्थानीय व्यवसायीले सवारी सञ्चालनमा अवरोध गर्ने चेतावनी दिएपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङको उपस्थितिमा आज बसेको बैठकले गत आर्थिक वर्षमा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मुख्यमन्त्री कार्यालयमा भएको छलफलमा निर्णय भएको भन्दै जोरबिजोर प्रणाली कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
समस्या समाधानका लागि बसेको बैठकमा फाखेल तथा सिस्नेरी मार्गमा जोर विजोर प्रणाली लागू गरी सुमो सञ्चालन गर्ने यसअघि निर्णय भएकोमा यसलाई निरन्तरता दिई कार्यान्वयन गर्ने निर्णय भएको हो । त्यस्तै, भीमफेदी–कुलेखानी सडक रुट प्रयोग गरी ईन्द्रसरोवर गाउँपालिकाका ग्रामीण भेगमा कृषि उत्पादन, दैनिक उपभोक्ता वस्तु तथा निर्माण सामग्री ढुवानी गर्न गाउँपालिकाका मिनि ट्रक सञ्चालन गर्न पाउने बताइएको छ । गर्मीयाममा बिहान ५ बजे अगाडि र बेलुकी ८ बजे पछाडि, जाडो याममा बिहान ६ बजे अगाडि र बेलुका ७ बजे पछाडि मात्रै भीमफेदी कुलेखानी रुटमा ६ टन भन्दा कम भार वहन क्षमताको मिनि ट्रकप्रयोग गरी ढुवानी गर्ने निर्णयलाई कार्यान्वयन गर्ने निर्णय भएको छ ।
बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, ईन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष जीवन लामा, उपाध्यक्ष उमाकुमारी लामा, वडा नं –२ वडाध्यक्ष राजुमान महर्जन, ३ नं– अध्यक्ष चिरञ्जीवी पौडेल, मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराई सशस्त्रका प्रहरी उपरीक्षक विकास घिमिरे लगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साल्ट ट्रेडिङले भन्याे– मल आपूर्तिमा कर प्रणाली र पारवहन समस्या मुख्य चुनौती
-
रासायनिक मलको आपूर्ति र वितरणमा देखिएको विरोधाभासप्रति संसदीय समितिमा प्रश्न
-
अमेरिकी आक्रमण तीव्र बनेसँगै फेरि अन्योल र चिन्तामा इरानी नागरिक
-
भीष्मराज भन्छन् : थाहा छैन कहाँदेखि चल्दैछ बालेन सरकार ?
-
मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तीनै तहका सरकारलाई कार्ययोजना पठाइने
-
लुम्बिनी मन्त्रिपरिषद् बैठक निर्णय : प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण