कर्णाली प्रदेशका मुख्यमन्त्री शाही बोलिरहँदा बम विष्फोट
सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी एक कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ । मुख्यमन्त्री शाहीले कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभामा सम्वोधन गरिरहेको बेला कार्यक्रम स्थलनजिकै बुधबार दिउँसो बम विस्फोट भएको हो ।
मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव खेमवहादुर सिंहले कार्यक्रम स्थलभन्दा केही पर २ पटक बम विस्फोटको आवाज सुनिएको जानकारी दिए । सिंहले साता दिन लामो जिल्ला भ्रमणमा रहनुभएका मुख्यमन्त्री शाही सहितको टोलीलाई त्रास श्रृजना गर्ने उद्धेश्यले अराजक समूहले वम विष्फोट गराएको बताए ।
त्रास श्रृजना गर्ने उद्धेश्यले बम विष्फोट भएपनि मुख्यमन्त्री सरिक हुने पूर्वनिर्धारित सबै कार्यक्रमहरु सहज रुपमा संचालन हुने प्रमुख स्वकीय सचिव सिंहले जानकारी दिए । मुख्यमन्त्री शाही गाउँपालिकाको गाउँसभा र दक्षिण एसियाकै अग्लो पचालझरणाको पर्यटन प्रवद्र्धनका लागि भइरहेका पूर्वाधार निर्माणका कामहरुको अनुगमन गर्न मंगलवार पचालझरणा पुगेका थिए ।
मुख्यमन्त्री शाही कालिकोट गएको बेला यसअघि पनि बम विष्फोटको घटना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अमेरिकी आक्रमण तीव्र बनेसँगै फेरि अन्योल र चिन्तामा इरानी नागरिक
-
भीष्मराज भन्छन् : थाहा छैन कहाँदेखि चल्दैछ बालेन सरकार ?
-
मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तीनै तहका सरकारलाई कार्ययोजना पठाइने
-
लुम्बिनी मन्त्रिपरिषद् बैठक निर्णय : प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर
-
‘मिस युनिभर्स नेपाल २०२६’ को आवेदन खुला
-
विष्णु पौडेलको मुद्दामा अदालतले भन्यो– ‘वास्तविक लाभग्राहीलाई छाडेर सहजकर्तालाई मात्र मुद्दा चलाइयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण