शिवमको नाफा ३१.४८ प्रतिशतले बृद्धि, प्रतिशेयर आम्दानी कति पुग्यो ?
बिहीबार, ३० साउन २०७६, १४ : ३३
काठमाडौं– शिवम् सिमेन्टले ३१.४८ प्रतिशतले नाफा बढाएको प्रतिवेदन सार्वजनिक गरेको छ । शिवम्ले १ अर्ब ५० करोड ३२ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष शिवम्ले १ अर्ब १४ करोड ३२ लाख ७५ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
शिवम्ले ११ अर्ब ३४ करोड ५१ लाख १४ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । बिक्री लागत सात अर्ब २७ करोड ७५ लाख ३० हजार रुपैयाँ छ । शिवम्को प्रतिशेयर आम्दानी ३४ रुपैयाँ १६ पैसा (वार्षिक) छ भने प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ६० पैसा छ ।
शिवम्ले केही समय अघि प्रिमियम मूल्यमा आइपिओ जारी गरेको थियो । कम्पनीले स्थानीयका लागि २ सय रुपैयाँ प्रतिकित्ताका दरले र सर्वसाधारणका लागि ३ सय रुपैयाँ प्रतिकित्ताका दरले आइपिओ जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण