नेपाली सेनाको ध्यानाकर्षण
काठमाडौं– नेपाली सेनाले सैनिक अधिकृतहरुको नागरिकता तथा शैक्षिक प्रमाणपत्र विषयमा नाम नै किटान गरेर केही सञ्चारमाध्यामहरुमा आएको समाचारप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी विभिन्न सञ्चारमाध्यामहरुमा आएको समाचारप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको हो ।
विज्ञप्तिमा नियमित प्रक्रियाअनुसार भैरहेका काम कार्वाहीमा व्यक्तिको नाम उल्लेख गरी सूचना प्रवाह गर्दा व्यक्तिगत मर्यादामा आँच आउने हुँदा त्यस प्रकारका समाचारहरु संप्रेषण गर्दा संवेदनशील हुन समेत सेनाले अनुरोध गरेको छ ।
नागरिकता, शैक्षिक प्रमाणपत्रलगायत सबै कागजातहरुको छानविन प्रक्रिया नियमित भैरहेको र छानविनको दौरानमा अनियमितता पाइएमा सैनिक ऐन अनुसार कार्वाही गरि सार्वजनिक गरिएको साथै सो कार्य निरन्तर रहने समेत विज्ञप्तिमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण