दाङ्गमा विभिन्न घटनामा ३ जनाको मृत्यु
बिहीबार, ०५ भदौ २०७६, ०८ : ४१
दाङ्ग जिल्लामा विभिन्न घटनामा परि तीन जनाको ज्यान गएको छ । लमही उपमहानगरपालिका–६ को अर्जुनखोलामा अन्दाजी ५० बर्षिय बेवरिसे पुरुषको शव फेला परेको छ ।
खोलाले बगाएर मृत्यु भएको प्रहरीको आशंका छ । त्यस्तै तुल्सीपुर उपमहानगरपालिका १७ बनकट्टीकी राधिका चौधरीका २ बर्षीय छोरा २ बर्षीय छोरा रिजन चौधरीको कुलोमा खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
दाङ्ग कै गढवा गाउँपालिका १ पत्रिङगामा एक जना पुरुषको करेण्ट लागेर ज्यान गएको छ । ग्याबिङ्ग बहुउद्देश्यीय उद्योगमा वैल्डिङ्ग गर्ने क्रममा रोल्पाको सुनसहरी गाउँपालिका–३ का ३० बर्षीय नरबहादुर बुढामगरको एक्कासी करेण्ट लागेर ज्यान गएको हो ।
मृतक तीनै जनाको शव स्थानिय अस्पतालमा राखिएको र पोष्टमार्टम गर्न बाँकी रहेको दाङ्गका प्रहरी प्रबक्ता डिएसपी विनोद विक्रम शाहले जानकारी दिएका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण