सांसद र कर्मचारीहरुद्वारा चाबहिल-साँखु सडकखण्डको अवलोकन (फोटोफिचर)
काठमाडौं– संसदको विकास तथा प्रविधि समितिले काठमाडौंको चाबहिल साँखु सडक खण्डको स्थलगत अवलोकन गरेको छ । शुक्रबार समितिकी सभापति कल्याणी खड्कासहित सांसदहरु, सडक आयोजनाका कर्मचारीहरु सहितको टोलीले सो सडकखण्डको अवलोकन गरेको हो ।
अवलोकनका क्रममा समितिकी सभापति कल्याणी खडकाले बौद्ध प्रहरी कार्यालयको सडकतर्फको भवनको भाग भत्काउन निर्देशन दिएकी छिन । सो सडक खण्डमा परेका घरहरुले मुआब्जाको माग गर्दै सडक बिस्तारमा असहयोग गर्दै आइरहेका छन् ।
मुआब्जाको माग गर्दै सडक छेउमा घर भएका स्थानीय अदालत गएपछि मुआब्जा दिएर मात्र घर भत्काउन आदेश दिएको थियो । २ बर्षअघि नै कालोपत्रे भैसक्नु पर्ने सो सडकखण्डको सडक खण्डको ५० प्रतिशत काम हुन सकेको छैन ।
शुक्रबार भत्काउन बाँकी रहेका घरहरु, सडकको दूरावस्था र काम सम्पन्न भएका क्षेत्रको अवलोकन गरिएको छ । समयमा सडक बिस्तार हुन नसक्दा हिलो र धुलोबाट स्थानीयले सास्ती पाएका छ्न् ।
यस्तो छ सो सडक खण्डको अवस्था (फोटोफिचर)













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण