भालाडोलिडसँग रियलको बराबरी
स्पेनिस जाइन्टर किलर रियल म्याड्रिड ला लिगामा रियल भालाडोलिडसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियल म्याड्रिडले रियल भालाडोलिडसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
खेलमा रियालले भालाडोलिडलाई दबाबमा राखेपनि आवश्यक गोल गर्न सकेन । ८२औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियाललाई अग्रता दिलाए । रियलको अग्रतालाई भालाडोलिडले पाँच मिनेटमै तोडेको थियो । ८८औं मिनेटमा भालाडोलिडका सर्जी गार्डीओलाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
खेलभर लगातार गोलको अवसर बनाएपनि थप गोल गर्न नसक्दा रियल अंक बाँड्न बाध्य बन्यो । प्रशिक्षक जिनेदिन जिदानले भालाडोलिडविरुद्ध ग्यारेथ बेल, हामेस रोड्रीग्वीज र इस्कोलाई पहिलो रोजाईमा राखेका थिए । बराबरीसँगै रियलले दुई खेलबाट चार अंक बनाएको छ । भालाडोलिडको पनि समान खेलबाटर चार नै अंक छ ।
यसैगरी शनिबार रातिनै भएको अन्य खेलमा सेल्टाभिगोले भ्यालेन्सियालाई १–० गोलले हराएको छ । गेटाफे र एथ्लेटिक बिल्बाओले १–१ तथा इबर र ओसासुनाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण