गणतन्त्रमाथि हमाला गर्ने शक्तिहरु सक्रिय भए : सञ्चारमन्त्री बास्कोटा
बुटवल – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले गणतन्त्रमाथी खतरा नभएको तर गणतन्त्रलाई हमाला गर्ने शक्तिहरु जिवीतै रहेको बताएका छन् ।
प्रेस संगठन रुपन्देहीद्धारा आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले गतणतन्त्रमाथि खतरा आइसकेको नभई लोकतन्त्रमाथि आक्रमण गर्नेहरु सक्रिय भएको बताएका हुन् ।
गणतन्त्रमाथि हमाल गर्ने शक्तिहरु साना सना बिषयहरु खोजेर आक्रमण गर्न बेला बेला सलवाउने गरेको बताए ।
मन्त्री बास्कोटाले त्यस प्रकार शक्तिहरु सधँै पराजय बन्ने दावी गरे । कार्य सम्पादन सम्झौतापछि सचिवको सरुवाले मन्त्रालयको कामकाज प्रभावित नहुने उनको दाबी छ ।
उनले कर्मचारी तन्त्रलाई जिम्मेवार बनाउनको लागि सो कार्य गरिएको बताए । उनले प्रधानमन्त्री पनि मन्त्रीसँगै गर्ने बताए । मन्त्री परिवतर्न भए पनि त्यो सम्झौता अनुसार काम अगाडी जाहोस् भनेर यस्तो गरिएको उनको भनाई थियो ।
यस्तै फकर प्रसंगमा सरकारले मिडियालाई नियन्त्रण गर्ने नभई नियमन गर्ने बताउदै उनले त्यसैका लागि सरकारले मिडिया सम्बन्धी नयाँ कानून ल्याउन लागेको उल्लेख गरे ।
उनले मिडिया सम्बन्धी विधेयक समितिबाट पारित भइसकेको भन्दै सो विधेयक अब संशोधन नहुने समेत बताए । मिडिया सरकारप्रति नभएर नेपाल र नेपाली जनताप्रति उत्तरदायी र जिम्मेवार बन्नुपर्ने उनको तर्क थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
-
बागमती मन्त्रिपरिषद बैठक : मानव उद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
-
सातबुँदेका कुन–कुन विषयमा असहमत छन् देउवा र शेखर समूह
-
पर्सामा एक सय किलो गाँजा बरामद
-
इरानमा शान्ति सम्झौताको विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण