उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षण चिन्ताको बिषय : अमेरिकी राष्ट्रपति ट्रम्प
फ्रान्स उत्तर कोरियाली हतियार परीक्षणले आफूलाई बेखुशी बनाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार बताएका छन् । तर उनले उत्तर कोरियाली परीक्षणलाई खासै महत्वको नभएको भनी हल्का टिप्पणी गरे ।
“क्षेप्यास्त्र परीक्षणप्रति म खुशी छैन तर फेरि उहाँ ९उत्तर कोरियाली नेता किम जोङ–अन० सहमतिको उल्लङ्घन गर्ने पक्षमा पनि हुनुहुन्न ।”
उत्तर कोरियाली राज्य सञ्चालित सञ्चारमाध्यमले किमले छोटो दूरीको बहुमुखी रकेट प्रक्षेपक क्षेप्यास्त्र परीक्षण गरेको निरीक्षण गरेको भन्ने समाचार प्रशारण गरेपछि ट्रम्पको उक्त भनाइ आएको हो ।
उत्तर कोरियाले शनिबार उक्त छोटो दूरीको क्षेप्यास्त्र प्रक्षेपण परीक्षण गरेको दक्षिण कोरियाली सेनाले बताएको थियो । अमेरिका–दक्षिण कोरियाले गरेको संयुक्त सैन्य अभ्यासको विरोधस्वरूप पछिल्लो समय केही छोटो दूरीका हतियार परीक्षण गरेको बताइएको छ ।
तर जापानी प्रधानमन्त्री सिन्जो आवेले यसबारे विपरीत धारणा व्यक्त गरेका छन् । उनले भने, “उत्तर कोरियाका पछिल्ला परीक्षण संयुक्त राष्ट्रसङ्घको नियमको प्रष्ट उल्लङ्घन हो र यो ‘गम्भीर खेदजनक’ कार्य हो ।” -एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो रु १६ अर्ब लगानी
-
‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’
-
दाँतबाट खुल्यो जलाएर हत्या गरिएका विष्णुको पहिचान, घटना रहस्यमय
-
नेपाली साहित्यमा बौद्ध दर्शनबारे अध्ययन गरिने
-
अब नेपाली कांग्रेसलाई संसद्मा बोल्न नदिने ओलीको चेतावनी
-
उपेन्द्र यादवको रिटमा सर्वोच्चको आदेश– निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्नु