रवि लामिछाने भेट्न चितवन पुगे महजोडी, भने ‘अनुहारमा निर्दाेष देखे’
काठमाडौं– बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य अर्थात मह जोडी चितवन पुगेका छन् । शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई भेट्ट उनीहरु आज सोमबार चितवन पुगेका हुन् ।
उनीहरुले रविलाई भेटेर विचल्लित नहुन र सत्यको जित हुनेमा ढुक्क रहन आग्रह गरेको बताए । ‘मैले त भेट्ने बितिकै रविलाई बधाई दिए’ कलाकार मदनकृष्ण श्रेष्ठले भने ‘ तिमिले राम्रो काम गरेको छ भन्ने धेरैलाई थाहा छैन । तर पब्लिकले मितिलाई कति साथ दिन्छन् भन्ने कुरा यो केसले बुझन् पाइयो ।’ उनले थपे ‘यो कानुनमा मिस्टेक भएको १०० प्रतिशत छ । यसले यस्तोमा धेरै फसेको पुष्टि गर्छ ।’
रविको अनुहारमा आफुले कुनै गल्ती नगरेको मानिस पाएको उनले सुनाए । रविको मुद्दा नेपाली कानुका लागि नजिर साबित हुने उनले अनुमान लगाए । श्रेष्ठले रविको समर्थनमा आन्दोलनमा रहेका ब्यक्तिलाई समेत सचेत गरे । आन्दोलनमा राम्रासँगै नराम्रा व्यक्ति पनि घुसपैठ हुनसक्ने खतरा रहेको उनले बताए ।
रवि कस्टडीमा गलेको होला, नैतिक रुपमा डाउन भएको होला भन्ने मैले सोचेको थिए । तर उ जस्ताको तस्तै रहेछ र छ पनि । त्यसबाट पनि अनुमान लगाउन सकिन्छ । यसको केही गल्ती नभएको अनुमान लगाउन सकिने हरिवंश आचार्यले बताए । ‘उनको अनुहारमा निर्दाेष ब्यक्ति देखिन्छ’ आचार्यले भने, ‘यसमा केही न केही कानुनी त्रुटि देखियो ।’
‘सुसाइट गर्ने कमजोर मनस्थिति भएको व्यक्ति हो । त्यसको बयान र नोटको आधारमा कसैलाई दोषी भन्न मिल्दैन’ आचार्यले अगाडि थपे ‘मर्ने मानिसले रिस उठेको, फसाउन चाहेको मानिसको नाम लिदो भन्दैमा उसलाई दोसी मान्न मिल्दैन ।’
यस बिषयमा सम्पुूर्ण अनुसन्धान गरेर दोषी हो होइन क्लियर भएपछि मात्र समात्नुपर्ने उनको भनाई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नगरपालिकाको रकम हिनामिना लुकाउन मेयरले आफ्नै अपहरणको नाटक गरेपछि...
-
‘अक्षरा’ दक्षिण कोरियामा पनि प्रदर्शन हुने
-
दक्षिण एसिया मामलामा अमेरिकाले भारतसँग सोध्न छोडेको छ
-
हामी एआईलाई सबैका लागि सुरक्षित बनाउन सक्छौँ
-
मौद्रिक नीतिमा नीतिगत लचकता अपनाउन सुझाव
-
मेक्सिकोविरुद्धको खेलमा इंग्ल्यान्डका खेलाडीले किन प्रयोग गर्दैछन् भियाग्रा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण