रौतहट प्रहरीद्वारा १६ जना फरार अभियुुक्त पक्राउ
मङ्गलबार, १० भदौ २०७६, ११ : ०३
रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न मुद्दाका फरार १६ जना अभियुक्तलाई पक्राउ गरेको छ ।
कर्तव्य ज्यान, जबरजस्ती करणी, ज्यानमार्ने उद्योगलगायत विभिन्न मुद्धामा जिल्ला अदालत गौरबाट अपराध प्रमाणित भई लामोसमयदेखि फरार रहेका १६ जना अभियुुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको फरार अभियुक्त पक्राउ गर्ने अभियान अन्तर्गत यस आर्थिक वर्षको वैशाखदेखि साउन मसान्तसम्म चार महिनाको उक्त अभियुुक्त पक्राउ गरिएको प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले जानकारी दिए ।
पक्राउ परेका केही अभियुक्तहरुलाई थप कारवाहीको लागि जिल्ला अदालत गौरमा पेस गरिएको छ भने फैसला भइसकेका केहीलाई अदालत मार्फत कैद भुक्तानीको लागि गौर कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण