शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

विपक्षीको तन्त्र–मन्त्रका कारण आफ्नो पार्टीका वरिष्ठ नेताहरुको मृत्यु भइरहेको भाजपा सांसदको आरोप

मङ्गलबार, १० भदौ २०७६, १२ : ०८
मङ्गलबार, १० भदौ २०७६

एजेन्सी । भाजपा सांसद प्रज्ञा ठाकुर आफ्नो भनाइका कारण एक पटक पुनः चर्चामा छिन् ।

प्रज्ञाले पछिल्लो समय भएका केही वरिष्ठ भाजपा नेताको निधनमा विपक्षीहरुको हात रहेको बताएकी हुन् । विपक्षीले तन्त्रमन्त्र प्रयोग गरेर तिनको निधन भएको उनले बताएकी छिन् ।

प्रज्ञा सोमबार भाजपाको मध्य–प्रदेशको प्रदेश कार्यालयमा पूर्व वित्तमन्त्री अरुण जेट्ली र पूर्व सीएम बाबू लाल गौरको श्रद्धाञ्जली सभामा सो कुरा बताएकी थिइन् । 

त्यस क्रममा प्रज्ञाले भनिन्, ‘भाजपाका जुन वरिष्ठ नेताको पछिल्लो दिन निधन भयो त्यसमा विपक्षीको हात छ । भाजपालाई नोक्सान पु¥याउनको लागि विपक्षले ‘मारण शक्ति(तान्त्रिक क्रिया)’को प्रयोग गरिरहेको छ ।’

सम्बोधनको क्रममा प्रज्ञाले एक जना बाबाले यसबारे जानकारी दिएको बताइन् ।

उनले भनिन्, ‘म लोकसभा चुनाव लडिरहँदा एक जना बाबाजी मकहाँ आएर मलाई आफ्नो साधना कम नगर्न सुझाव दिएका थिए । उनले खराब समय चलिरहेको बताएका थिए । नभन्दै विपक्षले त्यस्तै गरेको जस्तो देखिएको छ । उनीहरु यस्तो मारण शक्तिको प्रयोग गरिरहेका छन् कि भाजपालाई नोक्सानी भइरहेको छ । यसले भाजपालाई नेतृत्वकर्तालाई असर गर्नेछ ।’

आपत्तिजनक भनाइ : भारतीय कंग्रेस

प्रज्ञाको भनाईलाई भारतीय कंग्रेसले आपत्तिजनक भनेको छ । कंग्रेस मिडिया विभागका अध्यक्ष शोभा ओझाले प्रज्ञाको भनाई ‘अत्यन्त आपत्तिजनक’ भएको प्रतिक्रिया दिएकी छिन् ।

‘प्रज्ञाले मानसिक सन्तुलन गुमाएकोजस्तो देखिन्छ । उनलाई उपचारको खाँचो देखिन्छ ,’ शोभाले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप