कृषिलाई पहिलो प्राथमिक्ता दिनुपर्छ: मुख्यमन्त्री भट्ट
मङ्गलबार, १० भदौ २०७६, १४ : ५८
डोटी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिममा कृषिलाई पहिलो प्राथमिक्ता दिएर काम गर्नुपर्ने बताएका छन् । सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका कृषि ज्ञान केन्द्र तथा कृषि सम्पर्क कार्यालयका प्रमुखका लागि दिपायलमा आयोजित एकदिने गोष्ठीमा मुख्यमन्त्री भट्टले सुदूरपश्चिम कृषि क्षेत्रका लागि निकै उपयोगी ठाउँ भएकाले यहाँको विकासका लागि कृषिमा बढी लगानी गर्नुपर्ने बताए ।
उनले भने, ‘कृषि क्षेत्रमा मात्रै काम गर्न सके सुदूरपश्चिमको विकासमा कायापलट हुनेछ ।’ त्यस्तै मुख्यमन्त्री भट्टले कृषि कार्यालयले कृषि क्षेत्रमा काम गर्ने किसानलाई सहयोग पुग्ने हेतुले कृषि काममा बढी लगानी गर्नुपर्ने धारणा राखेका थिए ।
गोष्ठीमा सहभागी अधिकांश कृषि प्रमुखले बजेट अभावका कारण कृषि क्षेत्रमा सोचेअनुसार लगानी गर्न नसकिएको धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण