मातृत्वसँग खेलबाड, शिशुको अवैध खरिद बिक्री
विवाह भएको १५ वर्षसम्म पनि सन्तान भएन । सन्तान भइहाल्छ कि भनेर अनेकन अस्पताल धाए, अनेकन मन्दिर भागे । यो दौडभूप र छटपटीले नुवाकोटका एक दम्पती गलिसकेका थिए । अचानक एक दिन उनीहरुले सुने, बालबालिका खोजतलास केन्द्रमा बेवारिसे बच्चाहरु आउँछन् र तिनलाई प्रक्रिया पु¥याएर लैजान पाइन्छ ।
गत वर्ष उनीहरु केन्द्रमा पुगे र आफूहरुलाई धर्मसन्तान चाहिएको बताए । केन्द्रले उनीहरुलाई नक्सालस्थित बालमन्दिर पठाइदियो । बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोलले पहिलो भेटमै शिशु मिलाई दिने बताएपछि ती दम्पती खुशीले भावविभोर भए ।
विभिन्न झमेला व्यहोर्नु प¥यो । बालमन्दिरका कारण यस्ता धेरै झमेला व्यहोर्नु परेको हो । सहाराविहीन बालबालिका संरक्षणको जिम्मा पाएको बालमन्दिरकै उच्चपदस्थ अधिकारीले निःसन्तान दम्पत्रीलाई साढे पाँच लाख रुपैयाँमा अर्कैको शिशु बेचिदिए ।
कानुनी उल्झनमा फस्ने अवस्था आएपछि दम्पतीको भावनामा खेलाँची गर्दै जबर्जस्ती फिर्ता लिए । यो समाचार कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण