जलवायु परिवर्तनका कारण २१ वटा नयाँ रोग देखिए
काठमाडौं– जलवायु परिर्वतनका कारण विश्वभर नै मानवीय स्वास्थ्यका क्षेत्रमा चुनौती थपिँदै गएको छ । जलवायु परिर्वतनका कारण पछिल्ला १९ बर्षमा विश्वभर विभिन्न २१ वटा नयाँ रोगहरु देखा परेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहिबार राजधानीमा गरेको स्वास्थ्य प्रणालीमा सुधार विषय अन्तरक्रियामा स्वास्थ्य समन्वय महाशाखा प्रमुख महेन्द्र श्रेष्ठले जलवायु परिर्वतनका कारण नया नया रोगहरुको प्रकोप बढ्दै गएको बताए ।
उनले सन् २००० यता २१ वटा नयाँ रोगहरु देखा परेको बताए । सिमिति मुलुकमा देखिदै आएको डेंगु ८/१० बर्ष भित्र विश्वका २५/३० वटा मुलुकमा पुगेको उनले बताए । जलवायु परिर्वतनका कारण मानवीय स्वास्थ्यमा गम्भीर समस्या देखिने क्रम बढेको भन्दै उनले प्रभाव न्यूनीकरण गर्ने उपायबारे सबै क्षेत्र र वर्गबाट पहल गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनले सन् २००४ मा नेपालको चितवनमा देखिएको डेंगुको समस्या अहिले ६ वटा प्रदेशका ४२ जिल्लामा पुगेको तथा कालाजार र औलोको समस्या पनि पुन देखा परेको भन्दै समयमै ध्यान पुर्याउनुपर्ने आवश्यकता औंल्याए ।
मन्त्रालयले जलवायु परिर्वतनबाट उत्पन्न स्वास्थ्य समस्या, सम्बोधन र भविश्यमा अपनाउनुपर्ने रणनीति लगायत विषयमा सरोकारवाला पक्षसँग छलफल गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण