जिपको क्षमता परीक्षण गर्न ‘क्याम्प जिप’
काठमाडौं– ऐतिहासिक विरासत बोकेको अमेरिकी एसयुभी मेकर जिपले आफ्ना एसयुभीहरुको क्षमता परीक्षण (क्यापाबिलिटी टेस्ट)गर्न चारदिने क्याम्प जिपको सुरुवात गरेको छ ।
नेपालका लागि जिपको आधिकारिक वितर एमएडब्लु लाइफले बिहीबार क्याम्प जिपमा अटो मिडियाकर्मी र ‘एसयुभी इन्थुजियास्ट’हरुलाई आमन्त्रण गरेको थियो जसमा उनीहरुले काठमाडौं, बग्गीखानास्थित साल्ट ट्रेडिङमा बनाइएको कृत्रिम अफरोड ट्रायलमा भर्खरै सार्वजनिक भएको जिप कम्पास ट्रायलहक र जिप कम्पास लिमिटेड प्लसको क्षमता परीक्षण गरे ।
यो कृत्रिम अफरोड ट्रायलमा जिपको क्षमता जाँच्न रक क्लाइम्बिङ, आर्टिकुलेसन, म्यानुराबिलिटी, ठाडो उकालो र ओरालो र बलौटे अवरोधहरु राखिएका थिए । एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले आफैंले यी ट्रायलमा जिप कम्पास ट्रायलहक हाँकेर क्याम्प जिपको उद्घाटन गरेका थिए ।

एक वर्षअघि औपचारिक रुपमा नेपाल भित्रिएर १० भेरियन्टको कम्पास लन्च गरेको थियो । यो अवधिमा दुई सयभन्दा बढी जिप एसयुभीहरु नेपालमा विक्री भइसकेका छन् । एमएडब्लु लाइफले केही दिनअघि मात्र जिप कम्पास ट्रायलहक सार्वजनिक गरेको थियो । नयाँ अल ह्विल ड्राइभ (एडब्लुडी) ट्रालयहकमा बीएस६ इन्जिन, सुध्रित ट्रान्समिसन, फ्युल इफिसेन्सी, सुपरेरियर अफरोड क्यापालिबटी र मल्टि टेरेन मोड रहेको छ ।
जिप कम्पासमा २.० लिटरको टर्बोचाज्र्ड डिजेल इन्जिन राखिएको छ जसले अधिकतम १७३ पीएस पावर र ३५० एनएम टर्क उत्पन्न गर्छ । ९ स्पिड अटोमेटिक ट्रान्समिसन रहेको यो एसयुभीमा अटो, स्नो, मड र स्यान्ड मोडसहित नयाँ रक मोड थपिएका आएको छ । नेपालमा जिप कम्पासको मूल्य एक रकोड २४ लाख ९० हजार तोकिएको छ ।
एमएडब्लु लाइफले केही महिनाअघि मात्र आफ्नो फुल्ली लोडेड कम्पास लिमिटेड प्लस सार्वजनिक गरेको थियो । जुन पेट्रोल र डिजेलतर्फ टु ह्विल ड्राइभ अटोमेटिक, र डिजेलतर्फ फोर ह्विल ड्राइभ म्यानुअलमा उपलब्ध छ ।
यसको मूल्य ९७ लाख ९० हजार रुपैयाँदेखि एक करोड पाँच लाख ९० हजार रुपैयाँसम्म रहेको छ । क्याम्प जिप आउँदो १५ भदौसम्म काठमाडौं बग्गीखानामा संचालन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण