अनेरास्ववियुको केन्द्रीय कमिटी ३३५ सदस्यीय
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुको केन्द्रीय कमिटी ३३५ सदस्यीय बन्ने भएको छ । यसअघि पार्टीले एकतापछि अनेरास्ववियुको कमिटी २५१ सदस्यीय बनाइने निर्णय गरे पनि आज बसेको बैठकले ३३५ सदस्यीय बनाउने निर्णय गरेको अनेरास्ववियुका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।
बैठकमा अनेरास्ववियुका इन्चार्ज हितमान शाक्य, सह–इन्चार्ज विनोद ढकाल, संयोजक ऐन महर र सह–संयोजक रञ्जित तामाङ उपस्थित थिए । बैठकले एकतामा साविक एमाले निकट अनेरास्ववियुबाट १८० जना र साविक नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) बाट १५५ जना रहने निर्णय गरेको छ ।
बैठकले सङ्गठनको एकताको बाँकी काम सक्नका लागि तीन समितिसमेत गठन गरेको छ । अनेरास्ववियुका संयोजक ऐन महरको संयोजकत्वमा राजनीतिक र साङ्गठनिक प्रतिवेदन तथा आगामी कार्ययोजना निर्माण उपसमिति गठन गरिएको छ ।
समितिको सदस्यमा सुरेन्द्र बस्नेत र पञ्चा सिंह रहनु भएको छ । यसैगरी विधान मस्यौदा उपसमितिमा अनेरास्ववियुका सह–संयोजक रञ्जित तामाङ संयोजक तथा सुनिता बराल र समिक वडाल सदस्य रहेका छन् ।
आर्थिक तथा कार्यालय व्यवस्थापन उपसमितिको संयोजक उत्तम अधिकारी तथा सदस्यमा आरसी लामिछाने, झपिन्द्र खत्री र केशव रावल रहेका छन् ।
बैठकले भदौ मसान्तसम्म एकता प्रक्रिया टुङ्गो लगाउनेसमेत निर्णय गरेको संयोजक महरले जानकारी दिए । एकताको केन्द्रीय समितिको पहिलो बैठक भदौ ३१ र असोज १ गते बस्नेछ । एकता पछि अनेरास्ववियुले बिहीबारदेखि कार्यालय सञ्चालनमा ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण