पोखरामा फैलिदै डेंगु: एक महिनामा ४ सय २९ संक्रमित
पोखरा– पोखरामा डेंगु आतंक फैलिदै गएको छ । शुक्रबारको रिपोर्टले पछिल्लो एक महिनामा मात्रै ४ सय २९ जनामा डेंगुको संक्रमण देखाएको छ । स्वास्थ्य निर्देशनालय पोखराका जनस्वास्थ्य अधिकृत बाबुराम आचार्यका अनुसार जनचेतनामूलक कार्यक्रम गर्दागर्दै बेवास्ता गर्नाले पनि नियन्त्रण हुन समय लाग्छ ।
‘यो आजको भोली नै नियन्त्रण हुने भन्ने पनि होइन,’ उनले भने, ‘जनचेतनामूलक कार्यक्रम गर्दागर्दै पनि बेवास्ता गरिदिनाले पनि नियन्त्रण हुन समय लाग्छ । एउटा परिवार मात्र सफा भएर मात्र पनि भएन, वरपर पनि के– कसो छन् भन्ने कुरा हुन्छ ।’
डेंगु नियन्त्रणका लागि समुदायबाट पनि हुनुपर्ने जति जागरुक नभएको कारण पनि डेंगु संक्रमण फैलिइरहेको उनले सुुनाए । ‘खासमा व्यक्ति पनि जिम्मेवार हुनुपर्ने हो । आफ्नो स्वास्थ्यको लागि,’ उनले भने, ‘समुदायबाट घर–घरबाट जति जागरुक हुनुपर्ने हो । त्यति जागरुक हुनुभएको छैन ।’
जनचेतनामुलक कार्यक्रम गरि रहँदा संक्रमण क्षेत्रका फोहोरमैला नष्ट गर्ने काम अलि कम भएको उनको भनाई छ । अबको एकहप्ता, दश दिन भित्रमा डेंगु नियन्त्रणमा आउने अपेक्षा लिइएको उनले सुनाए । डेंगु नियन्त्रणकै लागि गण्डकी प्रदेशले २१ लाख रुपैयाँ बराबरको बजेट छुट्टयाएको छ । स्याङजा र तनहूँमा पनि यसको संक्रमण देखिएपनि पोखरा महानगरपालिकाभित्र बढी संक्रमित छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार डेंगु प्रभावित वडाहरु ८, ९, १०, १७ बढी डेंगु संक्रमित वडा हुन् । यी क्षेत्रका विद्यालय र टोलटोलमा नै गएर सचेतनामुलक कार्यक्रम गरि रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका सिनियर मेडिकल अफिरल भरतराज गौतमले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण