‘सामाजिक सञ्जालमा आउने गलत सूचनाले पत्रकारिता क्षेत्रमा चुनौति थपियो’
काठमाडौं–नेपाल राष्ट्रबैकका गभर्नर चिरञ्जिवी नेपालले सामाजिक सञ्जालमा आउने गलत सूचनाले पत्रकारिता क्षेत्रमा नै नयाँ चुनौति थपेको भन्दै संवेदनशील हुन संचारक्षेत्रलाई आग्रह गरेका छन् ।
नेपाल आर्थिक पत्रकार समाज सेजनको २० औ बार्षिक साधारणसभा एंव अधिवेशनलाई शनिबार सम्बोधन गर्दै गभर्नर नेपालले सामाजिक सञ्जालको व्यापकता र फेसबुकमा आउने गलत सूचनाले भ्रम श्रृजना गराउने काम भइरहेको बताएका हुन् ।
सामाजिक सञ्जालमा आएका सूचनालाई नै समाचार मान्ने प्रवृत्ति बढ्दै जादा संचार क्षेत्रको सही भुमिका नै छाँयामा पर्ने भन्दै उनले त्यसतर्फ सबै संचारकर्मी र संचारगृहले सावधानी अपनाउनुपर्ने उल्लेख गरे ।
उनले समाचार लेखेकै आधारमा ज्यान जोखिममा पर्ने गरेको पनि देखिएकाले पत्रकारको जिम्मेवारी र भूमिका आफैमा चुनौतिपुर्ण रहेको बताए । समाजिक सरोकार तथा हितहुने र सरकारको नीतिमा परिर्वतन आउने खालका समाचारलाई पत्रकारले प्राथमिकता दिनुपर्नेमा पनि नेपालले जोड दिए ।
कार्यक्रममा सेजनका पूर्व अध्यक्ष प्रतीक प्रधानले आर्थिक पत्रकारिता बलियो भएर अघि बढ्नुपर्ने आवश्यकता औल्याए ।
अधिवेशनले आगामी २ बर्षका लागि सेजनको नया नेतृत्व चयन गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण