एलजीले ल्यायो अत्याधुनिक टेलिभिजन, ८ लाख मूल्य पर्ने टेलिभिजनको यस्ता छन् विशेषता
काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले नेपालमा एलजीको अत्याधुनिक प्रविधियुक्त टेलिभिजन बिक्री सुरु गरेको छ । कम्पनीले अर्ग्यानिक लाइट एमिटिङ डायोड ‘ओलेड’ टेलिभिजन बिक्री सुरु गरेको हो । यो विश्वकै अत्याधुनिक प्रविधि जडान गरिएको टेलिभिजन भएको कम्पनीले जनाएको छ ।
६५ इन्च स्क्रिन र ४.३ एमएम मोटाई रहेको यो टेलिभिजनमा प्रयोगकर्ताहरुलाई सहजता प्रदान गर्ने लक्ष्यका गुगल एसिस्टेन्ट र एमेजोन एलेक्सा लगायतको सुविधा राखिएको छ ।
अल्फा ९ जेन २ प्रोसेसर मार्फत प्रयोगकर्ताले हरेक गतिविधि स्वचालित रुपमा नियन्त्रण सक्ने यो टेलिभिजनले विश्वभर राम्रो बजार हिस्सा ओगटेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार टिभीमा एक्युरेट कलर, भ्वाइस कमाण्ड, डल्बी एटमोस, म्याजिक रिमोटलगायतका सुविधा छन् भने भिजन–एटमोस पनि समावेश गरिएको छ ।
जसका कारण प्रयोगकर्ताले घरमै बसी ठूला पर्दाको अनुभव लिन सक्ने कम्पनीले जनाएको छ।
टेलिभिजनमा नानो सेल प्रयोग गरिएकोले रिजोलुसन पनि राम्रो रहेको जनाइएको छ।
टेलिभिजनमा समावेश गरिएको नानोसेल प्रविधिले विस्तृत रंग छनोट गरी फराकिलो कोण प्रदान गर्ने चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले जानकारी दिए ।
कम्पनीका अनुसार टेलिभिजन हाइ इण्ड ग्राहक लक्षित रहेको छ यो टेलिभिजनको मूल्य ८ लाख रूपैयाँ पर्ने जनाइएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासी र भूमिहीनको अधिकारका लागि महाअभियानको विरोध प्रदर्शन
-
चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
-
दीपक भट्ट, शङ्करलाल अग्रवालसहितका प्रतिवादीको बयान सुरु
-
दक्षिणी थाइल्यान्डमा सुरक्षा चौकीमाथि आक्रमण, ५ जना सैनिकको मृत्यु
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण