प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै १५ वर्षीया किशोरीमाथि एसिड प्रहार
काठमाडौँ । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै शुक्रबार बिहानै १५ वर्षीया किशोरीमाथि एसिड प्रहार भएको छ ।
छपकैया स्थित आफनो घरबाट विर्तामा रहेको त्रिभुवन माध्यमिक विधालयमा बिहान जाने क्रममा पर्साको वीरगञ्ज नगरपालिका वडा नम्बर ६ गणेशमान चौकमा शुक्रबार बिहान ६ बजेर १० मिनेटमा १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो ।
खातुन वीरगञ्जमा आफ्नो मामाघरमा बस्दै आएकी थिइन् ।
पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छप्कैया बस्ने १६ वर्षका सम्साद मिया र सोही उमेरका माजिद आलमले खातुनमाथि एसिड प्रहार गर्दा उनको दाहिने गाला, छाती र हात जलेको एसपी सोमेन्द्रसिंह राठौरले रातोपाटीलाई जानकारी दिए ।

तस्विर : रासस
राठौरका अनुसार मुस्कानलाई कीर्तिपुरस्थित फेक्ट अस्पतालमा उपचारका लागि पठाइएको छ ।

प्रहरीले एसिड प्रहारमा संलग्न मुख्य व्यक्ति सम्साद मियालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । माजिद आलम भने फरार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण