सबै विमानस्थलमा सेवा–सुविधा थपिन्छ: मन्त्री भट्टराई
काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आन्तरिक विमानस्थल भित्र सेवा सुबिधा थप्ने काम सुरु भएको बताएका छन् । शुक्रबार काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक भवनमा लगेज बेल्टको शुभारम्भ गर्दै मन्त्री भट्टराईले देशभित्र सञ्चालनमा रहेका सबै विमानस्थलमा यसैगरी सेवा थपिँदै जाने बताएका हुन् ।
काठमाडौँ लगायत देश भित्रका विमानस्थलहरुमा ‘पर्यटन वर्ष २०२०’ लक्षित कार्यक्रम पनि लागू हुने मन्त्री भट्टराईको भनाई छ । उनले सरकार नागरिकलाई सेवा सुविधा दिन सधै तयार रहेको भन्दै उनले आन्तरिक तर्फको विमानस्थलहरुको भौतिक संरचना र सेवाको विस्तार गर्दै लैजाने घोषणा गरे ।
शुक्रबारबाट सुरु भएको लगेज बेल्टले सेवाग्राहीको सामानको सुरक्षा हुने, लगेज छिटो प्राप्त गर्न सकिने विमानस्थल प्रशासनले बताएको छ । यसअघि यात्रु ओसार्ने गाडीको पछाडी झुन्ड्याएको कन्टेनरमा समान ल्याउने गरिन्थ्यो र बायुसेवाका कर्मचारीले टिकटसँगै सामानमा लगाएको ट्यागको नम्बर सोधेर सामान जिम्मा लगाउथे । अब भने यो झन्झट हटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य सेवामा राज्यले सहजीकरण गर्ने अवस्था आएको छ : डा.कोइराला
-
अफगानिस्तानमा बाढीको वितण्डा, मर्नेको सङ्ख्या ३१५ जना नाघ्यो
-
९ वटा बैंकले घटाए ब्याजदर, ३ वटा बैंकको बढ्यो
-
योग र ध्यानलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बन्दैछ : उपप्रधानमन्त्री श्रेष्ठ
-
राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने कांग्रेसको निष्कर्ष
-
सरकारमा सहभागी भएको दुई महिनामै सिंहदरबारबाट बाहिरिए उपेन्द्र