सबै विमानस्थलमा सेवा–सुविधा थपिन्छ: मन्त्री भट्टराई
काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आन्तरिक विमानस्थल भित्र सेवा सुबिधा थप्ने काम सुरु भएको बताएका छन् । शुक्रबार काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक भवनमा लगेज बेल्टको शुभारम्भ गर्दै मन्त्री भट्टराईले देशभित्र सञ्चालनमा रहेका सबै विमानस्थलमा यसैगरी सेवा थपिँदै जाने बताएका हुन् ।
काठमाडौँ लगायत देश भित्रका विमानस्थलहरुमा ‘पर्यटन वर्ष २०२०’ लक्षित कार्यक्रम पनि लागू हुने मन्त्री भट्टराईको भनाई छ । उनले सरकार नागरिकलाई सेवा सुविधा दिन सधै तयार रहेको भन्दै उनले आन्तरिक तर्फको विमानस्थलहरुको भौतिक संरचना र सेवाको विस्तार गर्दै लैजाने घोषणा गरे ।
शुक्रबारबाट सुरु भएको लगेज बेल्टले सेवाग्राहीको सामानको सुरक्षा हुने, लगेज छिटो प्राप्त गर्न सकिने विमानस्थल प्रशासनले बताएको छ । यसअघि यात्रु ओसार्ने गाडीको पछाडी झुन्ड्याएको कन्टेनरमा समान ल्याउने गरिन्थ्यो र बायुसेवाका कर्मचारीले टिकटसँगै सामानमा लगाएको ट्यागको नम्बर सोधेर सामान जिम्मा लगाउथे । अब भने यो झन्झट हटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण