सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

लालपुर्जा

एकथान लालपुर्जा बनाएर मर्नु थियो बागमती किनारमा मलाई । एकथान लालपुर्जा आफ्नै देखाएर जल्नु थियो आर्यघाटमा मलाई । छाडेर गएका आफन्त सबैलाई देखाउनु थियो एकथान लालपुर्जा र भन्ने रहर थियो देख्यौ मेरो लालपुर्जा ? मेरै सरकारले दिएको ! अफसोस बनाउन नपाउँदै देखाउन नपाउँदै लालपुर्जा आफ्नै नामको भत्काइदियो डोजरले लालपुर्जाविहीन मेरो...