कविता
लालपुर्जा
शनिबार, १९ वैशाख २०८३, ११ : १६
सारांश
- एकथान लालपुर्जा बनाएर मर्नु थियो, तर बनाउन नपाउँदै डोजरले घर भत्काइदियो ।
- आफ्नै नामको लालपुर्जा देखाउने रहर थियो, तर लालपुर्जाविहीन घर भत्केपछि बागमती किनारैकिनार लखेटिएँ ।
- सरकारले दिएको लालपुर्जा देखाउने रहर थियो, तर डोजरले घर भत्काएपछि लालपुर्जाविहीन भएँ ।
एकथान लालपुर्जा बनाएर
मर्नु थियो
बागमती किनारमा मलाई ।
एकथान लालपुर्जा
आफ्नै देखाएर
जल्नु थियो
आर्यघाटमा मलाई ।
छाडेर गएका
आफन्त सबैलाई
देखाउनु थियो एकथान लालपुर्जा
र
भन्ने रहर थियो
देख्यौ
मेरो लालपुर्जा ?
मेरै सरकारले दिएको !
अफसोस
बनाउन नपाउँदै
देखाउन नपाउँदै
लालपुर्जा आफ्नै नामको
भत्काइदियो डोजरले
लालपुर्जाविहीन मेरो घर
अनि
लखेटिएँ
बागमती किनारैकिनार ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पताल र ट्रमा सेन्टरको गैरकानुनी नियुक्ति प्रक्रियाविरुद्ध अख्तियारमा उजुरी
-
रास्वपा टाल्ने ‘सुपर–ग्लु’ नबनोस् चितवन महाधिवेशन
-
कक्षा १२ को नतिजा छिटो ल्याउन उत्तरपुस्तिका जाँचमा हतार गरिएको होइन : शिक्षामन्त्री
-
आर्थिक रूपान्तरणका लागि कृषि नै मुख्य आधार : शिक्षामन्त्री पोखरेल
-
उदयपुरमा १७ केजी गाँजासहित एक जना पक्राउ
-
श्रमिकको स्वर्ण युग : तीन महिना काम, बाँकी समय आराम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण