केन्द्रीय संस्करण
अन्तरवार्ता

भारतीय फिल्म उद्योगले सधैँ सत्ताधारीलाई साथ दिएको छ : नसिरुद्दिन शाह

person explore access_timeफागुन ५, २०७६ chat_bubble_outline0
Photo: Aniruddha Chowdhury/Mint

नसिरुद्दिन शाह चर्चित भारतीय अभिनेता हुन् । त्यसका साथै उनी देशको परिस्थितिबारे बोल्न हिचकिचाउँदैनन् । भारतीय अनलाइन पोर्टल ‘द वायर’का संस्थापक सम्पादक सिद्धार्थ भाटियासँगको कुराकानीमा फिल्म अभिनेता नसिरुद्दिनले सीएए–एनआरसी–एनपीआरको विरोधमा चलिरहेको विरोधी प्रदर्शन, साम्प्रदायिकताको उभार र महत्त्वपूर्ण मुद्दामा फिल्म उद्योगका ठूला हस्तीले लिने मौनतासमेत कैयाँै विषयमा कुराकानी गरेका छन् ।

सिद्धार्थ भाटिया :  अहिले देशमा निक्कै उथलपुथल छ । नागरिकता संशोधन कानुन (सीएए) र राष्ट्रिय नागरिक रजिस्टर (एनआरसी)विरुद्ध आम विरोध प्रदर्शन देखिँदैछ । महिला घरबाट बाहिर निस्किरहेका र धेरै दिनदेखि शाहीन बागमा धर्नामा छन् । विद्यार्थीहरु सडकमा छन्, जो शैक्षिक संस्थालाई नकारात्मक असर गर्ने सरकारी नीति र कदमको विरोध गरिरहेका छन् । एक प्रकारले राज्यको हिंसाको बाबजुद मानिसहरु सडकमा उत्रिरहेका छन् र छात्र नेताहरुलाई पिटिँदैछ ।

नसिरुद्दिन शाह : ...र उल्टै विद्यार्थीमाथि हिंसाको आरोप लगाइँदैछ ।

सिद्धार्थ : हो तीमाथि हिंसाको आरोप लगाइएको छ तर पनि मानिसको जोश घटेको छैन । तपाईं यसलाई कुन दृष्टिले हेर्नुहुन्छ ? अचानक यस्तो के भयो, जसले मानिसहरु यसरी बाहिर आउन थाले ?

नसिरुद्दिन : युवा अचानक जागेका छन् र तिनलाई आफू थिचिँदै गएको महसुस भएको छ । शिक्षाको बजेटमा ३ खर्ब भारु कटौती गरिएको खबर छ । यी रकमलाई एनआरसीको खर्चमा जोडिँदैछ । जुन सत्तारुढ दलका अनुसार पनि पूर्ण रूपमा असफल भइसक्यो । किनकि यसमा लाखौँ हिन्दुहरु पनि समावेश छन् ।

सिद्धार्थ : सही भन्दै हुनुहुन्छ ।

नसिरुद्दिन : ‘होइन होइन, यो सही हुन सक्दैन ।’ मतलब तपाईं यो बेइमानी कार्यलाई पुनः दोहो-याउन चाहनुहुन्छ । र यसबाट बच्नका लागि सीएएको रूपमा चोरबाटो तयार गरेका छन् । यसका अनुसार तपाईं गैर–मुस्लिम हुनुहुन्छ भने तपाईं नागरिकताका लागि आवेदन दिन सक्नुहुन्छ तर तपाइंलाई नागरिकता दिइन्छ ।

मेरो नजरमा सीएएको पहिलो कमजोरी मुसलमानलाई यसबाट बाहिर राख्नुमा छ । यो स्तब्धकारी कुरा हो । केन्द्र सरकार यो हदसम्म निर्लज रूपमा अगाडि आउला भनेर मलाई आशा थिएन ।

जुन चिजतर्फ मानिसको नजर गएको छ, त्यसको कतै घृणित पहलु छ । यसका अनुसार अत्याचार इस्लामिक देशमा मात्र हुन्छ । पाकिस्तान, बङ्गलादेश र अफगानिस्तानमा मात्र तर... म्यानमारको कुनै उल्लेख छैन, श्रीलङ्काको कुनै उल्लेख छैन । ती भन्दै छन्, ‘मुसलमानहरुलाई जानका लागि १५ देश छ, हिन्दुहरुका लागि मात्र भारत हो ।’

तपाईं ज्यान बचाएर भागिरहेका एक शरणार्थीलाई देश निकाला गर्न खोजिरहनुभएको छ ? तपाईं उसलाई जेद्दाह जाओस् भन्ने चाहनुहुन्छ ? तपाईं उसलाई यूएई वा यस्ता कुनै स्थानमा जाने आस गर्नुहुन्छ ?

यो छनौट नियतबस गरिएको हो । यो कुरा म एक मुस्लिम भएकाले भनेको होइन । म त आफूलाई कहिले पनि एक मुसलमानको रूपमा हेरिनँ ।


त्यसैले यो कुरा पनि मैले एक मुसलमानको रूपमा भनिरहेको छैन । यथार्थमा मुसलमान मात्र विरोध गरिरहेका छैनन् । असमका मानिस अलग अलग कारणले विरोध गरिरहेका छन् । हिन्दी बेल्टमा विरोध अलग कारण छ तर म यो एक मुसलमानको रूपमा होइन, बरु एक चिन्तित नागरिकको रूपमा भनिरहेको छु ।


सिद्धार्थ : तपाईं भन्दै हुनुहुन्थ्यो कि तपाईंलाई कहिल्यै पनि यो बताइएन कि...

नसिरुद्दिन : यो कहिले पनि मेरो अवरोधको कारण भएन । मेरो भाइले उसको पूरा जिन्दगी यो देशको सेनामा सेवा गरेर बितायो । एक भाइले कर्पोरेटमा जागिर गरे । मेरो बुवा सरकारी जागिरे थिए । मेरो धेरै काकाहरु सेनामा थिए । अर्को भाइ र काका प्रहरीमा थिए । अरू पनि सरकारी कर्मचारी थिए । सहायक जिल्ला मजिस्ट्रेट र यस्तै प्रकारका अरू...

हामीमध्ये कसैले पनि मुसलमान पहिचानलाई कुनै प्रकारको अवरोधको रूपमा महसुस गरेनौँ । र मेरो दिमागमा कहिले पनि म एक मुसलमान हुँ भन्ने सोच आएन ।

त्यसैले यो कुरा पनि मैले एक मुसलमानको रूपमा भनिरहेको छैन । यथार्थमा मुसलमान मात्र विरोध गरिरहेका छैनन् । असमका मानिस अलग अलग कारणले विरोध गरिरहेका छन् । हिन्दी बेल्टमा विरोध अलग कारण छ तर म यो एक मुसलमानको रूपमा होइन, बरु एक चिन्तित नागरिकको रूपमा भनिरहेको छु ।

म जुन घृणित पहलुबारेमा बताइरहेको थिएँ, त्यसको अर्थ हो अत्याचार मुसलमान देशमा मात्र हुन्छ ।

प्रधानमन्त्री दङ्गापछाडि कसको हात छ भन्ने थाहा भएको बताउँछन् । ‘तपाईं तिनलाई कपडाबाट चिन्न सक्नुहुन्छ..’ उनी भन्छन् । केन्द्रमा मन्त्री के भन्छन् भने ‘दिपिका पादुकोण जेएनयूमा गएर ती मानिसको साथमा उभिएकी छन्, जो भारतका सैनिक मर्दा खुसी मनाउँछन्’

र तिनलाई सशस्त्र बलप्रतिको सम्मानबारेमाा कुरा गर्ने हक छ जस्तो लाग्दैन । उनी आफैमा यस्तो व्यक्तित्व हुन् जसले युद्धमा भाग लिएर पुरस्कृत भएका पूर्वसैनिकको अपमान गरिन् ।

सिद्धार्थ : तपाईं कसको कुरा गर्दै हुनुहुन्छ ?

नसिरुद्दिन : म एक सेवानिवृत्त लेफ्टिनेन्ट जनरलको कुरा गरिरहेको छु जो सेनाको डेपुटी चिफसम्म भए । उनी यस्ता व्यक्तिबारे अपमान गर्नुअघि दुई पटक सोच्दिनन् । उनै अहिले सशस्त्र बलका लागि सम्मानको कुरा गरिरहकी छन् ?

सरकारले हरेक कुरामा ‘पाकिस्तान कनेक्सन’ निकाल्ने प्रयास देखेर सरकारलाई पाकिस्तानसँग धेरै माया रहेको देखिएको छ ।


७० वर्षसम्म म यहाँ बसेको कुराले म भारतीय हुने कुरा सावित गर्दैन भने हामी भारतीय सावित हुन के गर्नुपर्छ मलाई थाहा छैन अरू के कुरा गर्छ । म डराएको छैन, म बैचेन पनि छैन । यस्तो कानुन हामीमाथि थोपरिएकोमा मलाई आक्रोस चाहिँ छ ।


सिद्धार्थ : जुन भारतीय मुसलमानलाई हकमा लागू हँुदैन । 

नसिरुद्दिन : र हामीहरु सबैमाथि शत्रु देशप्रति सहानुभूति राख्ने आरोप लाग्छ ।

सिद्धार्थ : तर तपाईंले एक दुई पटक मुसलमानको रूपमा कुरा नगरेको बताउनुभयो । तपार्इंलाई यस्तो भन्ने आवश्यकता किन प¥यो ? अहिले केही बदलिएको छ, जसले गर्दा अचानक तपाईं यी कुरा भन्न थाल्नुभएको छ ?

नसिरुद्दिन : मलाई लाग्थ्यो कि मेरो पासपोर्ट, मेरो मतदाता परिचय पत्र, मेरो चालक लाइसेन्स कार्ड, मेरो आधार कार्डहरु मलाई भारतीय सावित गर्न प्रयाप्त हुन्छ ।

मेरो पाँच पुस्ताको यही जमिनमा अन्त्येष्टि भयो । मैले जिन्दगीको ७० वर्ष यहीँ गुजारेँ । मैले शिक्षा वा पर्यावरणजस्तो सामाजिक मुद्दाका क्षेत्रमा सक्दो सेवा गरेको छु । यो मेरो भारतीय पहिचानको लागि प्रयाप्त हँुदैन भने त्यसलाई सावित गर्न के गर्नुपर्छ ?

मलाई लाग्दैन कि मसँग जन्मदर्ताको कागजात छ । मलाई यो पेस गर्न सक्छुजस्तो लाग्दैन र धेरैले सक्दैनन् ।

के यसको मतलब अब हामी सबै देश निकाला हुन्छौँ ? मुसलमानहरुले चिन्ता गर्नुपर्ने कुरा छैन भन्नेजस्ता आश्वासनको जरुरत मलाई छैन । म चिन्तित छैन ।

७० वर्षसम्म म यहाँ बसेको कुराले म भारतीय हुने कुरा सावित गर्दैन भने हामी भारतीय सावित हुन के गर्नुपर्छ मलाई थाहा छैन अरू के कुरा गर्छ ।

म डराएको छैन, म बैचेन पनि छैन । यस्तो कानुन हामीमाथि थोपरिएकोमा मलाई आक्रोस चाहिँ छ ।


मेरो विचारमा यिनलाई विद्यार्थी हुनुको अनुभूति नै थाहा छैन । यस्ता व्यक्तिको कुनै बौद्धिक लक्ष्य रहेन । उनीहरु विद्यार्थी र बुद्धिजीवीलाई किरा–फट्याङ्ग्रा जसरी हेर्ने गर्छन् । प्रधानमन्त्रीमा विद्यार्थीप्रति कुनै संवेदना छैन, किनकि उनी कहिल्यै पनि विद्यार्थी हुनुपरेन ।


सिद्धार्थ : निश्चय नै यो आक्रोश सडकमा पनि छछल्किएको छ जुन तपाईं हामीले देखिरहेका छौँ । अहिले सरकारले सीएए मानवतावादको भावना अनुरूप नै रहेको बताइरहेको छ । एनआरसीमाथि चर्चासमेत भएको छैन ।

नसिरुद्दिन : गृहमन्त्रीले पटक पटक यसलाई देशभर लागू गर्ने घोषणा गरेका छन् । ‘एक एक गरेर निकाल्नेछौँ... कीरा अनि धमिरा अनि केके ...’

र त्यसपछि प्रधानमन्त्री भावावेशमा आएर भन्छन् ‘यस्तो त कहिले पनि भएन ।’ अब यस्तोमा कसले विश्वास गर्छ ? यो स्यामुयल बेकेटको नाटकजस्तो भएको छ ।

यो सम्पूर्ण रूपमा बेतुक हुँदै गएको छ । जसरी प्रकारको प्रतिरक्षा पेस गरिँदैछ... ‘के विपक्ष यसका पछाडि छ ?’

विपक्षी यति धेरै मानिसलाई गोलबन्ध गर्न सक्षम थियो भने तिनले चुनावमा राम्रो प्रदर्शन गर्दैनथे होला ? मलाई सबैभन्दा बढी दुःख विद्यार्थी तथा बुद्धिजीवीहरुको तिरस्कारको कार्यबाट हुने गर्छ ।

सिद्धार्थ : यस्तो किन भइरहेको छ जस्तो तपाईंलाई लाग्छ ?

नसिरुद्दिन : मेरो विचारमा यिनलाई विद्यार्थी हुनुको अनुभूति नै थाहा छैन । यस्ता व्यक्तिको कुनै बौद्धिक लक्ष रहेन । उनीहरु विद्यार्थी र बुद्धिजीवीलाई किरा–फट्याङ्ग्रा जसरी हेर्ने गर्छन् । प्रधानमन्त्रीमा विद्यार्थीप्रति कुनै संवेदना छैन, किनकि उनी कहिल्यै पनि विद्यार्थी हुनुपरेन ।

प्रधानमन्त्री बन्नुअघि उनको एक भिडियो क्लिप छ जसमा उनी भनिरहेका छन्, ‘मैले त पढाइवढाइ गरेको छैन ।’ त्यो समय त्यसलाई निक्कै निर्दोष मानिएको थियो । तर पछिल्लो ६ वर्षमा जे भयो, त्यसको आधारमा त्यसको बयानले निक्कै डरलाग्दो अर्थ धारणा गरेको छ । त्यसपछि उनले राजनीतिक विज्ञानमा निर्देशकको उपाधि ग्रहण गरे ।

सिद्धार्थ : इन्टाएर पोलिटकल साइन्स...

नसिरुद्दिन : हो, इन्टाएर पोलिटिकल साइन्स...अनुराग कश्यपलाई त्यसमा रुची हुन सक्छ । कहिले पनि त्यो समुदायको हिस्सा नभएको कारण उनीबाट विद्यार्थीको लागि कसरी सम्वेदनाको आशा गर्न सक्नुहुन्छ ।

भिडियोबाट आक्रमणकारीको पहिचान खुल्दाखुल्दै पनि दिल्ली प्रहरीले घाइतेहरुविरुद्ध पनि मुद्दा दायर गरेको छ । जबकि यी विद्यार्थीले कसैमाथि पनि आक्रमण गरेको एउटा पनि प्रमाण भेटिएको छैन तर विद्यार्थीमाथि आक्रमण भएका तस्विर हामीले हेरेका छौँ । यो निक्कै चिन्ताजनक कुरा हो ।

सिद्धार्थ : अहिले विद्यार्थी सडकमा उत्रेको देखिन्छ...वर्तमान शासकले मन नपराउने जेएनयू अनि जामिया लाइब्रेरीभित्र, अलीगढ मुस्लिम विश्वविद्यालयभित्र पनि यस्तै प्रकारको कारबाही गरियो र सरकार विद्यार्थीविरुद्ध निक्कै क्रुरताकासाथ प्रस्तुत भयो... तपाईंले बीच–बीचमा संवेदना शब्दको प्रयोग गर्नुभयो... तर संवेदनाको कुरा छोड्नुस्, अन्य चीज पनि वर्तमान अवस्थामा देखिँदैन । त्यस्तो लाग्दैन तपाईंलाई ?

नसिरुद्दिन : बिल्कुल । सत्तारुढ दल नजिक मानिस सीएएविरोधी आन्दोलनकारीविरुद्ध गोली हान्ने, मोदीविरुद्ध प्रदर्शन गर्नेलाई जिउँदो गाडिदिने धम्की दिइरहेका छन् । के सरकारको कानुन र प्रधानमन्त्रीको विरोध गर्नु इश्वरनिन्दा हो ? केही देशमा र इतिहासमा युरोपभरी धर्मविरुद्ध बोल्नेलाई मृत्युदण्ड दिइन्थ्यो...यहाँ त त्यस्तै कुरा भइरहेको छ ।

यस्तो घृणा फैलाउनेहरुविरुद्ध कसैले पनि कारबाही गर्दैन । यी मानिसको यस्तो कर्तुतको लागि आलोचना पनि गरिँदैन । प्रधानमन्त्री आफै ट्वीटरमा घृणा फैलाउने मानिसहरुलाई फलो गरिरहेका छन् । उनी किन यस्तो गर्छन्, यो उनैलाई थाहा होला ।

भाजपाको आईटी इकाईका लागि काम गर्ने ट्रोल सेना चारैतर्फ घृणा फैलाइरहेको छन्, जुन चिन्ताजनक कुरा हो । यी सबै कहाँबाट आयो भन्ने सोच्दा पनि चक्कर लाग्छ । शायद यी युवा होइन बरु मेरो पिढीको वा त्योभन्दा पनि एक वा दुई दशक जवान पिढीमध्येका एक हुन्, जो बाल्यकालमा सुनेको स्मृतिबाट संक्रमित छन् ।

सानोमा मैले हिन्दू र शिखहरुबारे घृणाजन्य कथा सुनेको थिएँ । म सन् १९४९ मा जन्मिएको हुँ, मलाई पक्का विश्वास छ कि त्यस समय शिख बच्चाले मुसलमानहरुबारे पनि घृणाजन्य कथा सुनेको हुनुपर्छ ।

केही समयसम्म यो हामीमाझ रह्यो । यसकै प्रभावले स्कुले दिनमा हामी एक अर्कोतर्फ गाली गथ्र्यौं । तर कहिले पनि हामीले हद पार गरेनौँ ।

एकअर्कालाई जिस्काए पनि धर्मकै कारण कुनै साथीसँग झगडा भएको सम्झना छैन । तर हामी ‘तैले मेरो क्रिकेट ब्याट चोरीस्’ , ‘तैले मेरो बल नसोधी किन लगिस्’ भन्ने जस्ता कुरामा झगडा हुन्थ्यो ।


तर तपाईंले दीपिको साहसको प्रशंसा गर्नुपर्छ, उनी माथिल्लो लहरमै समावेश छिन् तर पनि उनले यस्तो कदम उठाइन् । धेरै भए त्यस कदमको लागि, उनले केही विज्ञापन सम्झौता गुमाउनेछिन् । ठीक छ, तर त्यसबाट उनी गरिब हुन्छिन् ? के त्यसले उनको लोकप्रियता घट्छ ? के यसबाट उनको सुन्दरता कम हुन्छ ? यो सबै ढिलोचाडो आउँछ नै ...


सिद्धार्थ :...र कहिले पनि भेदभाव भएको महसुस भएन । 

नसिरुद्दिनः हो, कहिले पनि भेदभाावको महसुस भएन । धर्मलाई लिएर एकअर्काको मजाक चाँही उडाइन्थ्यो ।

कहीँ न कहीँ हामीमा त्यो चीज बाँकी रहेछ । विभाजनले हाम्रो पीढीलाई जुन घाउ दियो, त्यसले कँही न कहीँ हामीलाई प्रभावित गरेको छ । सौभाग्यवस हाम्रो पीढी सकिने चरणमा छ र यस्तो पीढी आइरहेको छ जसमा यो स्मृतिको घाउँ छैन ।

सिद्धार्थ : यसमा म एउटा कुरा थप्न चाहन्छु । एउटा प्रोपोगेण्डा पनि चलाइँदैछ...जसले गर्दा हामीमाझ यस्तो पिढी पनि हुनसक्छ जो यो प्रोपोगेण्डासँगै हुर्किरहेको छ ।

नसिरुद्दिन : मलाई त्यो पिढी ढल्दै गएको लाग्छ । भन्न सकिन्छ, एउटा पिढी छ, जो प्रोपोगेण्डामा हुर्किरहेको छ र अर्को प्रोपेगेण्डा फैलाइरहेको छ । मलाई युवा पिढी समझदार लाग्छ । ती एउटा लक्ष लिएर आइरहेका छन्, जो न हिन्दू हुन् न त मुस्लिम ।

धेरैभन्दा धेरै युवाहरु अन्तरधार्मिक विवाह रोजिरहेका छन् । मेरी पत्नी पनि एक हिन्दू हुन् । मेरो छोराले पहिलो पटक एउटा समान धर्मको विवाहित जोडीलाई भेट्दा आश्चर्य मानेको थियो ।

त्यसबेला उ पाँच वर्षको थियो । मलाई के लाग्छ भने यो पिढी त्यो बोधबाट मुक्त छ र यो संघर्ष जारी राख्ने जिम्मेवारी पनि उनीहरुमाथि छ ।

सिद्धार्थ : फिल्म उद्योगभित्र हेर्ने हो भने पनि जुन विरोध आइरहेको छ, त्यो खासमा युवा अभिनेता, युवा निर्देशक, युवा लेखकको तर्फबाट आइरहेको छ ।

नसिरुद्दिन : युवाहरु बढी साहसी हुन्छन् । तीसँग स्थापित व्यक्तित्वको तुलनामा गुमाउने कुरा पनि कम हुन्छ । र जहाँसम्म स्थापित व्यक्तित्वको प्रश्न छ, ती किन बोल्दैनन् भन्ने कुरा बुझ्नु पनि महत्त्वपूर्ण छ । ती खासमा केसँग डराइरहेका छन् । तीसँग गुमाउनको लागि के कति छ ?

के तिनले पुस्तौँलाई पुग्ने पैसा कमाएका छैन ? खलील जिब्रानको एक लाइन छ– ‘तपाईंको कुवा पुरै भरिएको छ, र त्यो समय तपाईंलाई प्यासको डरले सताउँछ भने त्यो प्यास कहिले पनि बुझाउन सकिदैन ।’ यहाँ यही भइरहेको छ । आखिर कति चाहिन्छ ? तिनको अभावमा के ज्यान जान्छ ?

सिद्धार्थ : जाँदैन, तर सोच्नुस न, एउटा स्टारले केही बोल्यो भने त्यसले उसको फिल्मको व्यापारलाई प्रभावित पार्न सक्छ । त्यसले फिल्मसँग जोडिएको धेरै मानिसलाई असर गर्न सक्छ, होइन ?

नसिरुद्दिन : मेरो विचारमा स्टारले खासमा आफ्नोभन्दा बाहेक कसैको सोच्दैन । तिनले आफू वरिपरिकाहरुको बारेमा सोच्थे भने फिल्म उद्योगमा यति धेरै असमानता हुँदैनथ्यो । यसबारेमा अरु नै बेला कुरा गरौँला । तर तपाईंले दीपिको साहसको प्रशंसा गर्नुपर्छ, उनी माथिल्लो लहरमै समावेश छिन् तर पनि उनले यस्तो कदम उठाइन् ।

धेरै भए त्यस कदमको लागि, उनले केही विज्ञापन सम्झौता गुमाउनेछिन् । ठीक छ, तर त्यसबाट उनी गरिब हुन्छिन् ? के त्यसले उनको लोकप्रियता घट्छ ? के यसबाट उनको सुन्दरता कम हुन्छ ? यो सबै ढिलोचाडो आउँछ नै ...

हिन्दी फिल्म उद्योग सिर्फ एउटा भगवानको पूजा गर्छ । त्यो भगवान हो –पैसा । त्यो भगवानलाई खुशी बनाउन धेरैभन्दा धेरै कमाउनुपर्छ । तर केहीको मौनता त्यति महत्वपूर्ण छैन, जति महत्वपूर्ण युवा पिढीको साहस छ ।

तथापि ती सबै आफ्नो भनाइमा केही सम्हालिएका छन् र तिनले त्यसको कारण पनि थाहा छ । देशभरीका युवा र महिला प्रतिरोधमा आगाडि आउनु निक्कै शानदार कुरा हो ।

सिद्धार्थ : तपाई फिल्म उद्योगमा साहसी आवाजको कुरा गरिरहनु भएको छ, खासगरेर युवा पिढी र दीपिकाको । तर अहिले हामी सामू यस्तो स्थिति उत्पन्न भएको छ, जहाँ फिल्म उद्योगले राष्ट्रवादी एजेण्डालाई प्रोत्साहित गरिरहेको छ । यसका लागि इतिहासलाई तोडमरोड गर्दै एक ऐतिहासिक युद्ध वा एक सेनापतिको कथालाई नयाँ सिराबाट भनिँदैछ । र यस्तो माहोल बनिरहेको छ जसले वर्तमान शासकको हितलाई मात्र संरक्षण गर्छ ।

नसिरुद्दिन : यो नयाँ कुरा होइन । फिल्म उद्योग सधैंनै सत्ताधरी मानिसको साथमा रहेको छ । त्यहाँ धेरै ठूलो पैसा दाउमा लागेको हुन्छ । उनीहरु त्यही गर्छन् जुन केन्द्र सरकारलाई मनपर्छ ।

सिद्धार्थ : तपाईंको भनाइको मतलब यो एक व्यावसायिक कदम हो ?

नसिरुद्दिन : हो । कहिलेकाँही म सोच्छु– इतिहासलाई पुनःलेखन गर्न सघाइरहेका फिल्मकर्मी साच्चै त्यही आस्थाबाट प्रेरित भएका हुन् त ? यसको उद्देश्य के हो ? जब हामी एक काल्पनिक इतिहासको आविष्कार गर्ने कोसिस गर्छौँ तब हामी एक काल्पनिक अतीतको पनि आविष्कार गर्ने कोसिस गरिरहेका हुन्छौँ ।

हामी वैदिक युगमा गरिएको खोजहरु आविष्कार गर्ने कोसिस गरिरहेका छौँ, जुन मुर्खतापूर्ण छ । यस्तो मुखर्तापूर्ण कामले गणित, खगोल, दर्शन, कविता आदीमा हाम्रो वास्तविक उपलब्धीमाथि पनि संसारले मजाक उडाउँदैन ? यो सब कति दुरगामी हुनेछ ।

यो सबै भइरहँदा हेर्न कति कष्ट हुन्छ । र विभिन्न ठाँउको नाम बदल्न किन यति धेरै महत्त्व दिइँदैछ ? कुनै सडकको नाम के हो, कुन सहरको नाम के हो, त्यसले के फरक पार्छ ? भारतीय सैनिकलाई दिने वीरता पदकलाई कुनै रोमान्टिक चीजजसरी पेश गरिँदैछ । आजसम्म त कसैले त्यसमाथि शंका गरेको थिएन ।

अहिले (भारतको इतिहासको एउटा चरण) मुगल शासनलाई खलनायकका रुपमा प्रस्तुत गर्ने लहर चलेको छ । तिनलाई बाह्य आक्रमणकारीको रुपमा पेश गर्न थालिएको छ ।


अनुपम खेरजस्ता केही व्यक्ति निक्कै मुखर रहेका छन् । तर उनलाई गम्भिरतापूर्वक हेरिनुपर्छजस्तो लाग्दैन । उनी एक जोकर हुन् । एनएसडी र एफटीआईआईमा उनका कयौँ समकालिन उनको चाटुकार स्वभावबारे जानकार छन् । त्यो उनको रगतमै छ । 


सिद्दार्थ : यहाँ सडक वा सहरको नाम बदल्ने वा कुनै फिल्म बनाउने मात्र होइन, इतिहासका किताब नै बदलिदैछ ...पुरा प्रोपोगेण्डा चलिरहेको छ । यसबाट घृणाजन्य भाषणका लागि मुद्दा मिलिरहेको छ । यस्तो माहौल बनाइदैंछ, जसबाट आगामी १०, १५ वा २० वर्षपछि एकदम कुरुप रुपमा प्रकट हुनेछ – तपाईं वास्तवमा तलाउमा विष हालिरहनु भएको छ ।

नसिरुद्दिन : हो, त्यसको परिणाम देखिन १०–१५ वर्षको लामो समय पनि लाग्दैन । मलाई त्योभन्दा अघि नै दुष्परिणाम देखिन्छजस्तो लाग्छ । त्यसो हुन नदिने हो भने हामीले यसको पुरा सामर्थले विरोध गर्नुपर्छ, यो हाम्रो क्षमताको कुरा हो । मैले विगतमा पनि भनेको थिएँ, यो विष सत्तारुढ दलद्वारा नै फैलाइँदैछ । र, ऊ आरोप भने बाँकी सबैलाई लगाइरहेको छ । जबकी यो तिनको काम हो । ती काल्पनिक शत्रुको आविष्कार गर्छन् र नभएर पाकिस्तानतर्फ औल्याउँछन् । पाकिस्तानप्रतिको तिनको आशक्ति बुझिनसक्नु छ ।

सिद्धार्थ : तपाईंले फिल्म उद्योगमा विभेदकारी राजनीति र नीतिविरुद्ध आवाज उठाउने धेरै छन् भन्नुभयो । तर फिल्म उद्योगको ठूलो हिस्साले सत्ताको समर्थन गरेको पनि तपाईंले  स्वीकार गर्नुपर्छ ....

नसिरुद्दिन : विरोध गर्नेको तुलनामा समर्थन गर्ने संख्या निक्कै कम छ ।

सिद्धार्थ : तपाईंलाई त्यस्तो लाग्छ ? तर ती निश्चित रुपमा मुखर छन् ।

नसिरुद्दिन : अनुपम खेरजस्ता केही व्यक्ति निक्कै मुखर रहेका छन् । तर उनलाई गम्भिरतापूर्वक हेरिनुपर्छजस्तो लाग्दैन । उनी एक जोकर हुन् । एनएसडी र एफटीआईआईमा उनका कयौँ समकालिन उनको चाटुकार स्वभावबारे जानकार छन् । त्यो उनको रगतमै छ । 

तर हाम्रो विरोध गर्नेले हाम्रो जिम्मेवारी नसम्झाउनुस् । हामी आफ्नो जिम्मेवारी राम्रोसँग जान्दछौं ।

सिद्धार्थ : तपाईंको एक जना भाई सेनाको निक्कै माथिल्लो पदमा रहिसकेका छन् । सेनालाई पूर्ण रुपमा अराजनीतिक संस्थाको रुपमा चिनिन्छ । तर अचानक त्यसमा पनि परिवर्तन आएको छ । सेनाले धेरै कुरा भन्न थालेको छ । वरिष्ठ सैनिक अधिकारी सत्ताधारी दलको राजनीतिक विचारसँग मिल्ने तर्क दिइरहेका छन् ।

नसिरुद्दिन : हो, सँगसँगै ती आफूलाई संवैधानिक मूल्यको पालना गरिरहेको बताइरहेका छन् । तर ठीक त्यही समय ‘यदी सरकार हामीलाई आक्रमण गर्न भन्छ भने हामी आक्रमण गर्नेछौँ’ भन्ने जस्ता भनाई आइरहेको छ– यो विरोधाभासी कुरा हो ।

सिद्धार्थ : शायद सबै पक्षलाई सन्तुष्ट राख्ने प्रयास गर्दा त्यसो भएको होला ।

नसिरुद्दिन : म काल्पनिक शत्रु प्रस्तुत गर्ने कुरा गरिररहेको छु...अहिले जुन ‘टुकडे–टुकडे ग्याङ्ग’को बकवास आइरहेको छ, यसमा मेरो के भनाई छ भने  यदी कोही त्यस्तो छ भने त्यो सत्तारुढ दल हो । उसले हामीमाझ फुट निम्त्याइरहेको छ । खुलेर बोल्नेमाथि आरोप लगाइरहेको छ । के सत्तारुढ पार्टीविरुद्ध अथवा सरकारविरुद्ध बोल्नु इश्वरनिन्दा हो ? बोलेकै आधारमा लिन्चिङमार्फत धम्काइन सक्छ वा तपाईंको बालबच्चालाई धम्की आउन सक्छ र तपाईंको व्यक्तिगत सुरक्षा दाउमा लाग्न सक्छ ।

सिद्धार्थ : यस्तो तपाईंसँग पनि भएको छ ?

नसिरुद्दिन : मसँग भएको छैन र म आसा गर्छु यस्तो नहोस् । तर यो मेरा परिचित मानिसलाई यस्तो भएको मैले देखेको छु । 

सिद्धार्थ : तपाईंले ‘टुकडे टुकडे ग्याङ्ग’को बारेमा कुरा उठाउनु भयो । यसले वास्तवमा यस्तो स्थिति निर्माण गर्न सक्छ, जहाँ नागरिक, नागरिकविरुद्ध हुनेछन्...मानिस एक अर्कोविरुद्ध उभिन थाल्छन्...हाम्रोजस्तो विविधतापूर्ण र ठूलो देशलाई अगाडि लानको लागि यसले आशावादी मार्ग देखाउँदैन ।

नसिरुद्दिन : हामी आशावादी हुनुपर्छ । म आशावादी हुन प्रतिबद्ध छु ।

सिद्धार्थ: त्यसो भए तपाईं यो कुरामा स्पष्ट हुनुहुन्छ कि यो देशका साधारण नागरिक...

नसिरुद्दिन : तिनको सद्बुद्दी फर्किएर आउनेछ ।

सिद्धार्थ : र स्वभाव साम्प्रदायिक नहोस् ।

नसिरुद्दिन : मासिनहरु स्वभावैले साम्प्रदायिक हुन्छन् जस्तो लाग्दैन । यस्तो सोच त दिमागमा भरिन्छ । सरकारलाई जुन कुराले झट्का दिएको छ, त्यो के भने यी विद्यार्थीलाई भेडाबाख्राजस्तो जता भन्यो त्यतै लान सकिरहेको छैन । तिनले त्यस्तो गर्न सकिने आशा गरेका थिए । र दिग्भ्रमति भएका विद्यार्थीमाथि आरोप लगाउनु, विद्यार्थी सामुदायप्रति अपमान प्रदर्शन गर्नु मानिनेछ ।

यसको मतलब हो की यी विद्यार्थीलाई कसैले पनि बहकायो भने ती बहकिन्छ । त्यस्तो होइन । यदी तपाई ध्यान दिनुभयो भने, यो आन्दोलनको कुनै नेता छैन । यो स्वतःस्फूर्त आएको आक्रोश हो, जुन बाहिर आएको छ । र यदी तपाईंले युवाको आक्रोशलाई बेवास्ता गर्नुभयो भने तपाईंले आफै आफ्नो लागि खतरा तयार गरिररहनु भएको छ ।

सिद्धार्थ : के तपाईंलाई आफ्नो विद्यार्थी जीवनको सम्झना छ ?

नसिरुद्दिन : हो, मलाई सधैँ लाग्थ्यो कि मलाई राजनीतिक हुन आवश्यक छैन । म ठीक छु । देश ठीक छ । म कुनै छात्र संघ वा कुनै प्रकारको आन्दोलन वा यस्तो कुनै चिजको हिस्सा थिइनँ । विस्तारै जब मैले फिल्ममा काम गर्न सुरु गरेँ, जुन स्पष्ट रुपले राजनीतिक थिए । जस्तो भवानी भाई, अलबर्ट पिन्टो आदी...तब राजनीतिले मलाई प्रभावित बनाउन सुरु ग-यो । मलाई सम्झना छ कि सईद मलाई केही कुरा पनि अराजनीतिक हुँदैन भन्थे । तिमी अराजनीतिक हुन सक्दैनौं । यसको लागि तिमीमा गहिरो आस्था हुन चाहिन्छ । यसलाई लिएर आस्था विकसित गर्न मलाई लामो समय लाग्यो । तर जब जागो तब सबेरा ।

सिद्धार्थ : सन् १९७० को दशकमा तपाई भवानी भाई, अल्बर्ट पिन्टोजस्ता कला सिनेमा आन्दोलनको अभिन्न हिस्सा हुनुहुन्थ्यो, अझ त्यसको एउटा स्तम्भ हुनुहुन्थ्यो । कला र सिनेमाको प्रश्नमा तब हामी कहाँ थियौं र अहिले कहाँ छौं ?

नसीरुद्धिन : राजनीतिक रुपबाट सिनेमा अगाडि बढेको छैन किनकि ७० को दशकका फिल्मकर्मी आफ्नो आस्थामा अडिग रहेनन् वा तिनले आन्दोलनको निर्माण गरेनन् । तिनले आफूपछिको पीढिको निर्माण गरेनन् । 

तर पनि अहिलेका उत्कृष्ट फिल्मकर्मीको निर्माणमा तिनको प्रभाव रहेको मेरो विश्वास छ । ७० को दशकका फिल्मकर्मीमा भलै केही कमजोरी रहेको होस् तर ती बिना आजका ‘मसान’, ‘दम लगाकर हैसा’, ‘गली बोय’जस्ता फिल्म वा अनुराग कश्यपले बनाउनेजस्तो हुदैन थिए । 

थोरै अगाडि जाने हो भने मृणाल सेन र बासु चटर्जी वा ख्वाजा अहमद अब्बासजस्ता निर्देशक हुदैन भने ती फिल्मकर्मी हुदैन थिए । हरेक पीढि अघिल्लो पीढिबाट प्रभावित हुन्छ भन्ने मेरो विश्वास छ । 

आजका कम बजेटमा बनेका फिल्म सन् ७० को दशकमा बनेका कम बजेटवाला फिल्महरुभन्दा कयै गुणा राम्रो छन् । अभिनेता पनि कयौं बढी रामो छन् । 

मलाई अहिलेका अभिनेताबाट साच्चै इष्र्यो हुन्छ । म तिनको उमेरमा यति राम्रो भइदिएको भए भन्ने सोच चाहना आउँछ । र ती सबैसँग महान विचार छ । तथापि राजनीतिक रुपमा मलाइ लाग्दैन कि अल्बर्ट पिन्टो वा यस प्रकारको फिल्मको कुनै अंशियार पीढि थियो । 

सिद्धार्थ : भारतीय नाटकबारे के भन्नुहुन्छ ?

नसीरुद्धिन : ५० वर्ष पहिले जब म एनएसडीमा भर्ना भएको थिएँ, तब थिएटर मरिरहेको भन्ने सुनिन्थ्यो । म आज पनि यही सुनिरहेको छु । तर खासमा यो निक्कै राम्रो अवस्थामा छ । यो सहरमा भारतको सबैभन्दा जिवन्त थियटर छ । बेंगलुरु र पुणेमा पनि छ । सबैभन्दा राम्रो कुरा युवा वर्ग यसमा समावेश छ । ती लेखन, निर्माण र निर्देशनमा सहभागिता जनाइरहेका छन् । 

हामीलाई मन पर्ने भएकाले हामी थियेटरमा काम गथ्र्यौं। तर समय बित्दै जादाँ नाटकको महत्व बढ्दै गयो ।

सिद्धार्थ : तपाईहरुको पुस्ताले धेरै नाटक शोकका लागि गर्नुभयो । बतोल्त ब्रेख्तको भन्थे –‘कला यथार्थ देखाउने ऐना होइन बरु  समाजलाई बदलाल ल्याउने औजार हो ।’ त्यो जोश अब सिनेमा,  कला, थियेटरमा आउँछ ?  

नसीरुद्दिन : यस्तो हुन्छ भन्ने मलाई लाग्छ । मलाई आगामी पुस्तामा विश्वास छ । 


 

द वायरबाट

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...