‘ओलीका दुईतिर दुई ढेडु बाँदरः रामबहादुर र टोपबहादुर !’

बुटवल । नेकपा स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ ले प्रधानमन्त्री केपी ओलीले माओवादी जनयुद्ध र त्यसमा सहभागीलाई अपमान गरेको भन्दै आपत्ति जनाएका छन् । ओलीले माओवादी जनयुद्धलाई ‘कुहिएको फर्सी’ र जनयुद्धमा लागेकालाई ‘बाँदर’को संज्ञा दिएकोमा पुनले आपत्ति जनाएका हुन् ।
पूर्व माओवादीकै कारण ओली दुई पटकसम्म प्रधानमन्त्री भएको हेक्का राख्न पुनले ओलीलाई आग्रह गरे । ‘जसका कारण तपाईं दुई पटक देशको प्रधानमन्त्री बन्नुभयो’ नेकपा प्रचण्ड–नेपाल समूहले संसद विघटनविरुद्ध बिहीबार बुटवलमा गरेको विरोधसभामा ओलीको नाम लिँदै पुनले भने, ‘जसको योेगदानले दुईपटक देशको प्रधानमन्त्री बन्नुभयो, उही कुहिएको फर्सी ?, उही बाँदर ?’
पुनले यदि माओवादी युद्धमा लागेकाहरु बाँदर हुने भए रामबहादुर थापा र टोपबहादुर रायमाझी नामका दुई ‘ढेडु बाँदर’ ओलीका दायाँ र बायाँ रहेको टिप्पणी गरे । ‘तपाईंका दायाँ र बायाँ रामबहादुर र टोपबहादुर नामका दुई बाँदर छन्’, पुनले भने, ‘दुईवटा ढेडु बाँदरलाई दुईतिर राखेर कसरी गुट बनाउन सक्नुहोला ?’
पुनले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलोमतोमा जननिर्वाचित प्रतिनिधिसभाको हत्या भएको भन्दै सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने विश्वास व्यक्त गरे । यस्तै ४ सय ४१ सदस्यीय केन्द्रीय समितिमा ३ सय बढीको समर्थन रहेको माधव–नेपाल र प्रचण्डले नेतृत्व गरेको पार्टी नै मुलधारको नेकपा रहेको उनले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जातीय भेदभावका कारण वर्षेनी ६ खर्ब रुपियाँ बराबर नोक्सान’
-
पनौतीलाई ‘विश्व सम्पदा’ मा सूचीकृत गराउन पहल
-
आकस्मिक घटना व्यवस्थापनको दक्षता बढाउन कृतिम अभ्यास
-
गुजरातलाई हराउँदै दोस्रो क्वालिफायरमा मुम्बईको मार्च
-
१२ बजे १२ समाचारः आलमको मुद्दामा फैसला गर्ने न्यायाधीशमाथि छानबिनको माग, निषेधाज्ञापछि राजावादीको प्रदर्शनस्थल परिवर्तन
-
अख्तियारका डीआईजी श्रेष्ठको सरुवा रोकियो, ओम रानालाई रानीपोखरीमा पदस्थापन