प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुरबीच वार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओली र ठाकुरबीच बिहीबार दिउँसो कुराकानी भएको जसपाका नेता लक्ष्मणलाल कर्णले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार ओली र ठाकुरसँग भेटमा दुई पक्षको कार्यदलका सदस्यहरु समेत सहभागी थिए । सरकारका तर्फबाट नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराई सहभागी थिए भने जसपाको तर्फबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण सहभागी थिए ।
जसपाले जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधन, नागरिकता लगायतका माग राखेर सरकारसँग वार्ता गरिरहेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई नयाँ सरकार गठनका लागि अग्रसर भइरहेका बेला ठाकुर पक्षले आफूसँग गरेको आजको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । केपी ओली सरकार जोगाउन र ढाल्न निर्णायक देखिएका जसपाको ठाकुर पक्ष ओलीलाई साथ दिने पक्षमा छ भने यादव र भट्टराई नयाँ सरकार निर्माणमा जोड दिइरहेका छन् ।
मंगलबार नयाँ सरकार निर्माणबारे काँग्रेस सभापति शेरबहादुर देउवासँग यादव र भट्टराईले भेटवार्ता गरेका थिए । सोही साँझ देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि नयाँ सरकार बनाउने विषयमा छलफल भएको थियो । विपक्षी मोर्चा कसिलो बन्दै गरेका बेला ठाकुर र ओलीको भेटवार्ताले जसपा विभाजन हुन सम्भावना बलियो बनेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री भन्छन्– शाहसिक सुधारको जग बसालिएको छ
-
२३० मेगावाटको जगदुल्ला जलविद्युत् परियोजना : ‘कर्णाली समृद्धिको दरिलो खम्बा’
-
हेटौँडा-कुलेखानी-फाखेल सडक असार २५ गतेसम्म नखुल्ने
-
नेपालको हवाई उद्योगको क्षेत्रमा सरकार आफैँले केही गरिहाल्न सक्ने अवस्था छैन : पर्यटनमन्त्री
-
ब्राजिलविरुद्ध जापान : गुरुविरुद्ध चेलाको भिडन्त
-
वित्तीय अनुशासन बलियो बनाउन सबै पक्ष गम्भीर बन्नुपर्छ : सभापति खड्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण