सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
अपडेट

कीर्तिपुरको होल्डिङ सेन्टरमा बस्ने एक जना सुकुमबासी पक्राउ

सोमबार, १५ असार २०८३, १६ : ०७
सोमबार, १५ असार २०८३

सारांश

  • कीर्तिपुरको होल्डिङ सेन्टरमा बस्ने भोजपुरका डम्बर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
  • सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धानका लागि तामाङलाई नियन्त्रणमा लिइएको छ ।
  • आरोपीले सामाजिक सञ्जालमा खुकुरी प्रदर्शन गरी 'खुकुरी हान्छु' भनेको आरोप छ ।

काठमाडौँ । कीर्तिपुरको होल्डिङ सेन्टरमा बस्ने एक जना सुकुमबासीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिकाका ३९ वर्षीय डम्बर तामाङ छन्।

उनलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धानको लागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए।

आरोपीले सुकुमबासी समस्या समाधान नभए ‘खुकुरी हान्छु’ भनेर सामाजिक सञ्जालमा बोलेका थिए। आरोपीबारे प्रहरी वृत्त सिंहदरबारले अनुसन्धान गरिरहेको छ।

उनले होल्डिङ सेन्टरबाट निकाल्न खोजिए खकुरी लिएर सिंहदरबार जान तयार छु भनेका थिए । काठमाडौँमा घर, जग्गा र ८ लाख नगद पाउनुपर्ने भन्दै उनले सामाजिक सञ्जालमा बोलेका थिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप