बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको तेस्रो लहरसँग जुध्न मन्त्रालयको तयारी सुरु भइसक्योः स्वास्थ्यमन्त्री तामाङ

सोमबार, २४ जेठ २०७८, १७ : १६
सोमबार, २४ जेठ २०७८

स्वाथ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोरोनाको तेस्रो लहर आउन सक्ने भएकाले त्यसविरुद्ध जुध्नका लागि सरकारले आवश्यक तयारी सुरु गरेको बताएका छन् । 
कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिका बढी संक्रमित हुने जनस्वास्थ्यविद्हरुले बताउँदै आएकाले सातै प्रदेशमा बाल अस्पताल सञ्चालन गर्ने उनको भनाइ छ । 

बालबालिकाको उपचारका लागि आवश्यक पर्ने पूर्वाधार र जनशक्ति व्यवस्थापनमा मन्त्रालय जुटिसकेको पनि मन्त्री तामाङले सोमबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा जानकारी दिए । 
कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पताल हालै जारी अध्ययादेश अनुसार सञ्चालन हुने पनि उनले बताएका छन् । अध्यादेशमा प्रष्टसँग कोरोना महामारी नसकिँदासम्म वीर अस्पताललाई कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पताल रहने व्यवस्था गरेको उनले बताए ।

 न्याम्स र वीर दुबै सरकारी अंग रहेकाले पदाधिकारीहरुमा विवाद हुने कुनै पनि कारण नभएको उनको भनाइ छ । उनले कोरोना उपचारको नाममा मापदण्ड विपरित पैसा असुल्ने अस्पतालको अनुगमन गर्ने पनि बताए । 
यस्तै हाल स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भएपनि प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको बताउँदै उनले स्वास्थ्य बिमालाई विशेष प्राथमिकता दिएर प्रभावकारी रुपमा अगाडि बढाउने बताए ।

  स्वास्थ्य बिमा कार्यक्रममार्फत सम्पूर्ण नागरिकको स्वास्थ्य उपचार निःशुल्क गराउने व्यवस्था मिलाउने उनको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप