नेपाल टेलिकमको सिमकार्ड अब हुलाकमार्फत घरमै आइपुग्ने, साउन १ देखि कार्यान्वयन हुने
काठमाडौँ । नेपाल टेलिकमका ग्राहकले अब सिमकार्ड लगायतका सामग्रीहरू हुलाकमार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् । नेपाल टेलिकम र हुलाक सेवा विभागबीच बिहीबार यससम्बन्धी एक सम्झौता सम्पन्न भएको हो ।
सम्झौता अनुसार आगामी साउन १ गतेदेखि हुलाक सेवा विभागले नेपाल टेलिकमका सिमकार्ड, चिठीपत्र, कागजात र दूरसञ्चार सेवामा प्रयोग हुने विभिन्न स्पेयर पार्टस् लगायतका सामग्रीहरूको ढुवानी गर्नेछ ।
यस व्यवस्थासँगै अब टेलिकमका सेवाग्राहीले चाहेमा कम्पनीको सिमकार्ड लगायतका सामग्रीहरू आफ्नै घरदैलोमा हुलाकमार्फत प्राप्त गर्न सक्नेछन् ।
सम्झौता पत्रमा नेपाल टेलिकमका तर्फबाट निमित्त प्रबन्ध निर्देशक रीना डंगोल र हुलाक सेवा विभागका तर्फबाट महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहमा निमित्त प्रबन्ध निर्देशक डंगोलले सेवाग्राहीलाई कम्पनीको कार्यालयमा उपस्थित नभई घरमै सेवा उपलब्ध गराउने कार्यलाई कम्पनीले प्राथमिकता दिएको र यो सहकार्य त्यसका लागि एउटा महत्त्वपूर्ण कदम भएको बताइन् ।
यस्तै, हुलाक सेवा विभागका महानिर्देशक पंगेनीले जनताको घरदैलोमा सेवा पुर्याउने सरकारी लक्ष्यलाई व्यवहारमा लागू गर्न यो सहकार्यले ठुलो मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
सरकारी स्वामित्वका दुई ठूला संस्थाहरू बीच भएको यस सहकार्यले हुलाक सेवाको देशव्यापी सञ्जाल उपयोग गर्दै टेलिकमको सेवा प्रवाहलाई अझ बढी प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउने लक्ष्य राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका सांसदलाई डिजिटल प्लेटफर्मबारे अभिमुखीकरण दिइने
-
जेठमा २ हजार १८२ फरार प्रतिवादी पक्राउ, २३ करोड बढी जरिवाना असुल
-
नयाँ बालगृह खोल्ने अनुमति नदिन मन्त्री बादीको निर्देशन
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
युक्रेन युद्धमा हताहतको संख्या २० लाख नाघ्यो
-
विमानस्थलबाट अमेरिका तस्करी हुन लागेको गहना सक्कली सुनचाँदीकै रहेको पुष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण