बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
अदालत

‘नेपाली ब्रो’ थुनामा, प्रेमिकालाई पनि मिलेन धरौटी

बिहीबार, १८ असार २०८३, १७ : ३५
बिहीबार, १८ असार २०८३

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले श्रीमती हत्या मुद्दामा ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा र प्रेमिका प्रतीक्षा आचार्यलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकाे छ। 

न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले बिहीबार उक्त आदेश दिएको हो।

प्रतिवादी विक्रम थापा मगर र सुजन थापा क्षेत्रीबाट जनही १ लाख धरौटी माग गर्ने आदेश समेत अदालतले दिएकाे छ । 

उनले आफ्नी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरी हत्या गरेका थिए । 

गत जेठ २२ गते राति रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मृत्यु भएको हो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप