बागमतीको डिजिटल पीआईएस पोर्टल हस्तान्तरण, ६ हजार ८७१ कर्मचारी लाभान्वित हुने
हेटौँडा । राष्ट्रिय कितावखानाले कर्मचाहरुको विवरण समावेश गरिने प्रादेशिक वैयक्तिक सूचना प्रणाली (पीआईएस) लाई थप सुविधासहित स्तरोन्नति गरी बागमती सरकारलाई हस्तान्तरण गरेको छ ।
हेटौँडामा आयोजित एक कार्यक्रमबिच राष्ट्रिय किताबखानाले प्रदेश सरकारलाई उक्त डिजिटल पीआईएस पोर्टल हस्तान्तरण गरेको हो ।
राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलले बागमती प्रदेशका प्रदेश सचिव रामबाबु पुरीलाई उक्त स्तरोन्नत पोर्टल (म्यानेजमेन्ट कन्ट्रोल) हस्तान्तरण गरेका हुन् । प्रदेश सरकार मातहतका कर्मचारीहरूको अभिलेख व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले पोर्टलमा नयाँ ‘मोड्युल’ र ‘फिचर्स’हरू थप गरिएको विभागका महानिर्देशक पोखरेलले बताए ।
महानिर्देशक पोखरेलका अनुसार स्तरोन्नति डिजिटल पीआईएस सिस्टमामा मुख्यतया तीन वटा पक्षमा सुधार आउनेछ । यसअघि प्रदेश मातहतका कर्मचारीहरूले बुझाउने सम्पत्ति विवरण म्यानुअल (हस्तलिखित) रूपमा व्यवस्थापन हुँदै आएकोमा अब डिजिटल मोड्युलमार्फत छिटो, छरितो र थप व्यवस्थित ढंगले व्यवस्थापन गर्न सकिने उनले बताए ।
कर्मचारीहरूको सिटरोललगायत महत्त्वपूर्ण कागजात र सूचनाको ‘सिस्टेमेटिक लोकेटिङ’ र ‘इन्डेक्सिङ’का लागि सिस्टममा मोड्युल विकास गरिएकाले पुरानो अभिलेख खोज्न र सुरक्षित राख्न सहज हुने उनको भनाइ छ । कर्मचारीहरूले आफ्नो सिटरोल दर्ता भएको, संकेत नम्बर जारी भएको वा सम्पत्ति विवरण दर्ता भएको जानकारी तत्कालै आफ्नो मोबाइलमा एसएमएसमार्फत पाउने व्यवस्था थप गरिएको पोखरेलले बताए ।
उक्त डिजिटल प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएसँगै बागमती सरकारमातहत रहेका ६ हजार ८७१ कर्मचारीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने महानिर्देशक पोखरेलले बताए । नयाँ मोड्युलको प्रयोगले कर्मचारी प्रशासनमा हुने ढिलासुस्ती अन्त्य हुने र व्यक्तिगत विवरणहरूको सुरक्षा तथा पहुँचमा गुणात्मक सुधार आउने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औषधि थोक विक्रेताले प्रमाणपत्र नवीकरण गर्दा लिखित सम्झौता अनिवार्य बुझाउनुपर्ने
-
रास्वपाका सांसदलाई डिजिटल प्लेटफर्मबारे अभिमुखीकरण दिइने
-
जेठमा २ हजार १८२ फरार प्रतिवादी पक्राउ, २३ करोड बढी जरिवाना असुल
-
नयाँ बालगृह खोल्ने अनुमति नदिन मन्त्री बादीको निर्देशन
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
युक्रेन युद्धमा हताहतको संख्या २० लाख नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण