स्वास्थ्य प्रतिष्ठानहरूमा उपकुलपतिको कार्यकाल फरक–फरक राखिएकोमा थपलियाको आपत्ति
सारांश
- सांसद सिता थपलिया उर्मिलाले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपतिको पदावधिमा रहेको असमानताप्रति प्रश्न उठाउँदै कानुनमा एकरूपता ल्याउन सरकारसँग माग गरेकी छन् ।
- उनले वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ वर्ष र अन्य प्रतिष्ठानहरूमा ४ वर्ष उपकुलपतिको कार्यकाल तोकिएकोमा नीतिगत त्रुटि औंल्याइन् ।
- सांसद थपलियाले पुनर्नियुक्ति हटाउने व्यवस्थालाई सकारात्मक भन्दै योग्य व्यक्तिलाई समान अवसर दिनुपर्ने बताइन् ।
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सिता थपलिया उर्मिलाले विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपतिको पदावधिमा रहेको असमानताप्रति प्रश्न उठाउँदै कानुनमा एकरूपता ल्याउन सरकारसँग माग गरेकी छन् ।
‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ माथि प्रस्तुत संशोधनका क्रममा बोल्दै सांसद थपलियाले समान प्रकृतिका संस्थाहरूमा फरक–फरक कानुनी व्यवस्था हुनु नीतिगत रूपमा त्रुटिपूर्ण रहेको बताइन् ।
सांसद थपलियाले विभिन्न प्रतिष्ठानका ऐनहरू अध्ययन गर्दा उपकुलपतिको कार्यकालमा ठुलो भिन्नता पाइएको उल्लेख गरिन् । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिको पदावधि ५ वर्ष तोकिएको छ भने चिकित्सा विज्ञान, पाटन, पोखरा, राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा ४ वर्ष मात्र कायम गरिएको छ ।
‘एउटै उद्देश्य र जिम्मेवारी भएका संस्थाहरूमा एउटै पदको कार्यकाल फरक–फरक किन ? यदि पाँच वर्ष उपयुक्त हो भने सबैमा पाँच वर्ष गरियोस्, यदि चार वर्ष उपयुक्त हो भने सबैमा चार वर्ष नै कायम गरियोस् । कानुनले समान संस्थालाई समान व्यवहार गर्नुपर्छ,’थपलियाले भनिन् ।
विधेयकमा प्रस्ताव गरिएको पुनर्नियुक्ति हटाउने व्यवस्थालाई सांसद थपलियाले सकारात्मक भनिन् । एउटै व्यक्ति नेतृत्वमा दोहोरिने परिपाटी भन्दा योग्य व्यक्तिहरूलाई नेतृत्वको समान अवसर प्रदान गर्नु लोकतान्त्रिक मूल्य र सुशासनको दृष्टिले उपयुक्त हुने थपलियाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेठमा २ हजार १८२ फरार प्रतिवादी पक्राउ, २३ करोड बढी जरिवाना असुल
-
नयाँ बालगृह खोल्ने अनुमति नदिन मन्त्री बादीको निर्देशन
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
युक्रेन युद्धमा हताहतको संख्या २० लाख नाघ्यो
-
विमानस्थलबाट अमेरिका तस्करी हुन लागेको गहना सक्कली सुनचाँदीकै रहेको पुष्टि
-
सर्लाहीमा धारिलो हतियार प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण