बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
बजार

सुनको मूल्य ह्वात्तै बढ्यो

बिहीबार, १८ असार २०८३, ११ : ०४
बिहीबार, १८ असार २०८३

सारांश

  • नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँले बढेको छ ।
  • बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबारका लागि निर्धारण गरिएको छ ।
  • यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ, जुन तोलामा १८० रुपैयाँले वृद्धि भएको छ ।

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबारका लागि निर्धारण गरिएको छ । बुधबार प्रतितोला २ लाख ७७ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ४५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार २७० रुपैयाँमा कारोबार भएको थियो । यसअनुसार चाँदीको मूल्य तोलामा १८० रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप