बजेट संशोधनको माग गर्दै दोस्रो दिन पनि मधेस प्रदेशसभा अवरुद्ध
जनकपुरधाम । बजेट संशोधनको माग गर्दै मधेस प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलहरूले बिहीबार पनि प्रदेशसभा बैठक अवरुद्ध गरेका छन्। प्रमुख प्रतिपक्षी जसपा नेपाल र प्रतिपक्षी जनमत पार्टीले संयुक्त रूपमा विरोध जनाउँदै बैठक सञ्चालन हुन दिएका छैनन्।
बैठक सुरु हुनासाथ जनमत पार्टीका सांसद संजयकुमार यादवले सरकारले प्रस्तुत गरेको बजेट विकासमुखी नभई टुक्रे योजनामा केन्द्रित रहेको आरोप लगाए। एक करोड रुपैयाँका योजनाको नाममा साना–साना कार्यक्रम समेटेर बजेट ल्याइएको भन्दै उनले यस्तो प्रवृत्तिले संघीय शासन व्यवस्थाप्रति जनविश्वास कमजोर बनाउने दाबी गरे।
उनले बजेटमा आवश्यक संशोधन नगरेसम्म प्रतिपक्षी दलहरूले सदन सञ्चालन हुन नदिने चेतावनी दिए।
यस्तै, जसपा नेपालका सांसद उपेन्द्र महतोले पनि बजेट वितरण प्रक्रियामाथि प्रश्न उठाउँदै बजेट संशोधन गर्नुपर्ने वा त्यससम्बन्धी विवादको छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग दोहोर्याए। यीमध्ये कुनै एक माग पूरा नभएसम्म सदन चल्न नदिने उनको अडान थियो।
प्रतिपक्षी सांसदहरूले नाराबाजी गर्दै बैठक अवरुद्ध गरेपछि सभामुख रामअशिष यादवले प्रदेशसभा बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको घोषणा गरे।
यसअघि बुधबार पनि बजेटमाथिको छलफलका लागि बोलाइएको प्रदेशसभा बैठक प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रभावित भएको थियो। त्यसदिन १० मिनेटका लागि बैठक स्थगित गरिए पनि पुनः सञ्चालन हुन सकेको थिएन।
लगातार दोस्रो दिन पनि प्रदेशसभा बैठक अवरुद्ध भएपछि मधेश प्रदेशको बजेटमाथिको संसदीय प्रक्रिया अन्योलमा परेको छ। बजेट विवाद समाधानका लागि सत्ता पक्ष र प्रतिपक्षबीच सहमति खोज्ने प्रयास भए पनि हालसम्म कुनै ठोस निष्कर्ष निस्किएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा गाडी बेपत्ता : खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन
-
बालश्रममुक्त १३ स्थानीय तहलाई सम्मान
-
सर्वोच्चमा मुद्दाको चाप बढ्यो, किन बढ्न सकेन सुनुवाइको गति ?
-
अटेरी १५ मेडिकल कलेज, अझै बुझाएनन् तीन करोड बढी बक्यौता
-
जित्नै लाग्दा हार्न पुगेका दुई अफ्रिकी टिम, पोर्चुगल र क्रोएसियामा कुन बलियो ? (भिडियो)
-
कर्णाली राजमार्गमा फेरि अर्को दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण