कास्की बन्यो पूर्ण खोप सुनिश्चितता जिल्ला घाेषणा
पोखरा। कास्कीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको छ। पूर्ण खोप सुनिश्चितता निर्देशिका २०७१ बमोजिमका सम्पूर्ण प्रक्रियाहरू पूरा गरी बिहीबार जिल्ला समन्वय समिति कास्कीमा आयोजित एक कार्यक्रमका बिच यस्तो घोषणा गरिएको हो ।
यसअघि कास्कीका सबै पाँच वटै स्थानीय तहहरू क्रमशः पूर्ण खोप सुनिश्चित तथा दिगोपन घोषित भइसकेका छन् । पालिका सबै घोषणा भएपछि जिल्लालाई घोषणा गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले अभियानलाई सफल बनाउन भूमिका खेल्नेलाई धन्यवाद दिए ।
जनप्रतिनिधिहरूको सक्रियता र आम नागरिकको बलियो सहभागिताले नै राष्ट्रिय अभियानहरू सफल हुने बताए ।स्वास्थ्य मन्त्रालयका सचिव डा. युवनिधि बसौला, अतिरिक्त सचिव खिमबहादुर खड्का लगायतले पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएपछि राष्ट्रिय स्तरमा यसको प्रभाव सकारात्मक हुने बताए।
कार्यक्रममा खोप अभियानलाई सफल बनाउन योगदान पुर्याउने तथा सेवा निवृत्त भएका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान समेत गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली राजमार्गमा फेरि अर्को दुर्घटना
-
औषधि थोक विक्रेताले प्रमाणपत्र नवीकरण गर्दा लिखित सम्झौता अनिवार्य बुझाउनुपर्ने
-
रास्वपाका सांसदलाई डिजिटल प्लेटफर्मबारे अभिमुखीकरण दिइने
-
जेठमा २ हजार १८२ फरार प्रतिवादी पक्राउ, २३ करोड बढी जरिवाना असुल
-
नयाँ बालगृह खोल्ने अनुमति नदिन मन्त्री बादीको निर्देशन
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण