रास्वपा सभापति रवि लामिछानेसमक्ष पुग्यो वीरगन्ज मेनरोडको मुद्दा
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसम्म वीरगन्जको गण्डक–भन्सार सडक खण्डमा डोजर चलाइएको विवाद पुगेको छ ।
- वीरगन्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूले सभापति लामिछानेलाई भेटेर मुख्य सडकको विषयमा आफ्ना समस्याहरू राखेका थिए ।
- लामिछानेले यो विषयमा सम्बन्धित मन्त्रीलाई बोलाएर समस्याको समाधान गर्ने आश्वासन दिएका छन् ।
वीरगन्ज । अढाई महिनाअघि छोटो सूचना दिएर वीरगन्जको घनाबस्ती रहेको गण्डक–भन्सार सडक खण्डमा डोजर चलाइएको विवाद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसम्म पुगेको छ ।
बिहीबार दिउँसो रास्वपा पर्साका सभापति एवं पर्सा–१ का प्रतिनिधि सभासदस्य हरि पन्तको अगुवाइमा वीरगन्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरू मार्फत उक्त मुद्दा सभापति लामिछाने सम्म पुगेको हो ।
वीरगन्जको मुख्य सडकको विषय लिएर काठमाडौँ आएका वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष, पूर्व अध्यक्षहरू , वरिष्ठ उपाध्यक्ष , उपाध्यक्ष र महासचिव लगायतका पदाधिकारीहरूको टोलीले लामिछानेको निवासमै गएर आफ्ना विषयवस्तुहरू राखेका थिए ।
सङ्घको तर्फबाट समस्याहरू सुनिसके पछि लामिछानेले यो विषयमा सम्बन्धित मन्त्रीलाई बोलाएर समस्याको समाधानको विषयमा कुरा गर्ने बताएका थिए । सङ्घका तर्फबाट वरिष्ठ उपाध्यक्ष माधव राजपालले मेनरोडसँग उद्योगी व्यवसायीहरूका अन्य समस्याहरू पनि विषयगत रूपमा प्रस्तुत गरेका थिए ।
घनाबस्ती रहेको वीरगन्ज मुख्य बजार सडक विभागले करिब अढाई महिना अघि डोजर लगाएर भत्काइए पछि त्यहाँ अन्यौलता छाएको छ ।
एउटै त्रिभुवन राजपथ अन्तर्गत रहेको हेटौँडा बजारको सन्दर्भमा अदालतले गरेको २५–२५ गजको निर्णय र सोही त्रिभुवन राजपथ अन्तरगत पर्ने वीरगन्ज सडकको सन्दर्भमा २५–२५ मिटरको फैसला यसअघि नै मन्त्री परिषद्को निर्णयले त्रिभुवन राजपथको अलाइमेन्ट नै परिवर्तन गरी परवानीपुर ड्राइपोर्ट कायम गरेको, वीरगन्ज महानगरपालिकाको नगर परिषदले गरेको सडकको दुबैतिर १५–१५ मिटर मात्र भत्काउन सिफारिस गर्ने निर्णयले त्यहाँ थप अन्यौलता छाएको थियो ।
मुलुककै आर्थिक राजधानीको रूपमा रहेको वीरगन्जमा अहिले सडकको दुबैतिर बसेको बजारको मुख्य सडकमा निर्माण सामग्री र भत्किएका संरचनाहरूको अवशेषहरू असरल्ल छरिएर रहेकोले वीरगन्ज बजार अस्तव्यस्त छ । भत्किएका घरहरूमै जोखिम मोलेरै पसलहरू सञ्चालनमा हुँदा जोखिम झनै बढेर गएको छ ।
१५ दिन अघि मात्र सडक विभागले भत्काउन बाँकी रहेका सडक दुवै तिरका संरचना हटाउन सात दिने सूचना जारी गरे पछि रास्वपा पर्सा सभापति हरि पन्तले सडक विभागलाई केही दिन रोक्न अनुरोध गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा गाडी बेपत्ता : खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन
-
बालश्रममुक्त १३ स्थानीय तहलाई सम्मान
-
सर्वोच्चमा मुद्दाको चाप बढ्यो, किन बढ्न सकेन सुनुवाइको गति ?
-
अटेरी १५ मेडिकल कलेज, अझै बुझाएनन् तीन करोड बढी बक्यौता
-
जित्नै लाग्दा हार्न पुगेका दुई अफ्रिकी टिम, पोर्चुगल र क्रोएसियामा कुन बलियो ? (भिडियो)
-
कर्णाली राजमार्गमा फेरि अर्को दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण