शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

डोल्पामा विप्लब नेकपाका जिल्ला सचिव पक्राउ

सोमबार, ०४ मङ्सिर २०७४, २० : ५६
सोमबार, ०४ मङ्सिर २०७४

दुनै, (डोल्पा) – निर्वाचन विरोधी गतिविधिमा सलग्न रहेको आरोपमा विप्लब नेतृत्वको नेकपाका जिल्ला सचिव राजेश बुढालाई प्रहरीले पक्राउ गरेको छ । 

मुड्केचुला गाउँपालिका–३ बाट हालै पक्राउ परेका बुढालाई प्रचलित कानूनअनुसार कारबाही गरिने जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।

निर्वाचन नजिकिँदै गर्दा सो पार्टीले डोल्पाका विभिन्न क्षेत्र र स्थानमा निर्वाचन विरोधी कार्यक्रम गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप