योगेशको प्रश्न : एमाले फुटाउन देउवाले अध्यादेश ल्याएको होइन ?
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले संसद् अवरोध गरेर नेपाली कांग्रेसलाई नै फाइदा नहुने बताएका छन् । शुक्रबार संसद् भवन परिसरमा सञ्चारककर्मीहरुसँग कुरा गर्दै नेता भट्टराईले कांग्रेसले उत्तेजना देखाएर संसद् बैठक अवरोध गरेको टिप्पणी गरे ।
उनले फागुन २१ गते राजनीतिक समीकरण बदलिएपछि झड्का लागेर मुर्छित भएको भन्दै नचाहिँदो एक्सन गरेकाले आफ्नो निर्णयमा पुनर्विचार गर्न कांग्रेसलाई आग्रह गरे । ‘यदि कांग्रेसले सदन चल्न दिँदै दिँदैन भने सरकारसँग नीति कार्यक्रम र बजेट ल्याउने अनेक विकल्प हुन्छ । तर हामी त्यो बाटो जान चाहँदैनौ’, भट्टराईले भने,‘हामी संसद्बाटै सबै कुराको निरूपण होस् भन्ने चाहन्छौ ।’
उनले कांग्रेसका सांसद गगन थापाले शुक्रबार पार्टीहरूलाई तोडफोड गर्ने भनेर सरकारलक्षित गरेको टिप्पणीको विरोध गरे । ‘दलहरू तोडफोड गरेर उथलपुथल गर्ने कामहरू कति बाँकी छन् भनेर सोध्न चाहान्थें’ थापाले बैठकमा भनेका थिए ।
उनले भने, ‘हिजो २० प्रतिशतको प्रावधान राखेर एमालेलाई विभाजन गर्ने अध्यादेश उहाँहरूले ल्याउनुभयो । उहाँहरूको कुरा के थियो ? स्वयं प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश ल्याएर हाम्रो पार्टी फुटाएको होइन ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सदन लामो समय स्थगित गरिएकोमा खुस्बु ओलीको असन्तुष्टि
-
एसियाली खेलकुद छनोट : नेपाली बलरको कसिलाे बलिङ, ओमान ९४ रनमा समेटियो
-
रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी, यस्तो छ नयाँ कार्यसमिति
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण