योगेशको प्रश्न : एमाले फुटाउन देउवाले अध्यादेश ल्याएको होइन ?

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले संसद् अवरोध गरेर नेपाली कांग्रेसलाई नै फाइदा नहुने बताएका छन् । शुक्रबार संसद् भवन परिसरमा सञ्चारककर्मीहरुसँग कुरा गर्दै नेता भट्टराईले कांग्रेसले उत्तेजना देखाएर संसद् बैठक अवरोध गरेको टिप्पणी गरे ।
उनले फागुन २१ गते राजनीतिक समीकरण बदलिएपछि झड्का लागेर मुर्छित भएको भन्दै नचाहिँदो एक्सन गरेकाले आफ्नो निर्णयमा पुनर्विचार गर्न कांग्रेसलाई आग्रह गरे । ‘यदि कांग्रेसले सदन चल्न दिँदै दिँदैन भने सरकारसँग नीति कार्यक्रम र बजेट ल्याउने अनेक विकल्प हुन्छ । तर हामी त्यो बाटो जान चाहँदैनौ’, भट्टराईले भने,‘हामी संसद्बाटै सबै कुराको निरूपण होस् भन्ने चाहन्छौ ।’
उनले कांग्रेसका सांसद गगन थापाले शुक्रबार पार्टीहरूलाई तोडफोड गर्ने भनेर सरकारलक्षित गरेको टिप्पणीको विरोध गरे । ‘दलहरू तोडफोड गरेर उथलपुथल गर्ने कामहरू कति बाँकी छन् भनेर सोध्न चाहान्थें’ थापाले बैठकमा भनेका थिए ।
उनले भने, ‘हिजो २० प्रतिशतको प्रावधान राखेर एमालेलाई विभाजन गर्ने अध्यादेश उहाँहरूले ल्याउनुभयो । उहाँहरूको कुरा के थियो ? स्वयं प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश ल्याएर हाम्रो पार्टी फुटाएको होइन ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिजकाे उपाधी, नेपाल पराजित
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता
-
कात्तिक दोस्रो साता उपनिर्वाचन प्रस्ताव, आयोगले मिति घोषणा गर्ने
-
बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख