ईपीएस : रोष्टर परिवर्तनका लागि साढे ३ हजारले आवेदन दिँदा ६९१ जना छनौटमा
काठमाडौं । रोजगार अनुपति प्रणाली (ईपीएस) मार्फत कोरियामा सेक्टर परिवर्तनका लागि ६९१ जना छनौटमा परेका छन् । सेक्टर परिवर्तनका लागि तीन हजार ५७६ जनाले आवेदन फाराम भरेका थिए । ति मध्ये एचआरडी कोरियाले ६९१ जनाको नाम छनौट गरेर सूची ग्वार्कोस्थित ईपीएस शाखालाई पठाएको हो ।
एचआरडी कोरियाले सेक्टर परिवर्तन गर्नका लागि नौ हजार ४२८ जनाको सूची नेपाल पठाएको थियो । ति मध्ये तीन हजार ५७६ जनाले मात्रै रोष्टर परिवर्तनका लागि आवेदन दिएका थिए ।
ईपीएस कोरिया शाखाले कृषि तथा पशुपालन र उत्पादनमूलक काममा रोजगारीमा लागि कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेका तर, हालसम्म जान नपाएकाहरूलाई कार्यक्षेत्र परिवर्तनको अवसर दिएको थियो ।
कोरियन भाषा परीक्षा पास गरेर रोजगार आवेदन फाराम भरी रोष्टरमा रहेकाहरूलाई रोजगारदाताहरूले सर्भिस सेक्टर तर्फ रोष्टर परिवर्तन गर्ने मौका दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण