ईपीएस : रोष्टर परिवर्तनका लागि साढे ३ हजारले आवेदन दिँदा ६९१ जना छनौटमा
काठमाडौं । रोजगार अनुपति प्रणाली (ईपीएस) मार्फत कोरियामा सेक्टर परिवर्तनका लागि ६९१ जना छनौटमा परेका छन् । सेक्टर परिवर्तनका लागि तीन हजार ५७६ जनाले आवेदन फाराम भरेका थिए । ति मध्ये एचआरडी कोरियाले ६९१ जनाको नाम छनौट गरेर सूची ग्वार्कोस्थित ईपीएस शाखालाई पठाएको हो ।
एचआरडी कोरियाले सेक्टर परिवर्तन गर्नका लागि नौ हजार ४२८ जनाको सूची नेपाल पठाएको थियो । ति मध्ये तीन हजार ५७६ जनाले मात्रै रोष्टर परिवर्तनका लागि आवेदन दिएका थिए ।
ईपीएस कोरिया शाखाले कृषि तथा पशुपालन र उत्पादनमूलक काममा रोजगारीमा लागि कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेका तर, हालसम्म जान नपाएकाहरूलाई कार्यक्षेत्र परिवर्तनको अवसर दिएको थियो ।
कोरियन भाषा परीक्षा पास गरेर रोजगार आवेदन फाराम भरी रोष्टरमा रहेकाहरूलाई रोजगारदाताहरूले सर्भिस सेक्टर तर्फ रोष्टर परिवर्तन गर्ने मौका दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित