मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय लेखा दिवस मनाइयो

शनिबार, २४ कात्तिक २०७५, १४ : ३०
शनिबार, २४ कात्तिक २०७५

काठमाडौं– अन्तर्राष्ट्रिय लेखा दिवसको अवसरमा शनिबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले काठमाडौंमा प्रभातफेरीको आयोजना गरेको छ । 

संस्थाका उपाध्यक्ष सिए. कृष्ण आचार्यले सुभारम्भ गरेको प्रभातफेरी भृकुटीमण्डपबाट शुरु भै शहरका विभिन्न स्थानको परिक्रमापछि भृकुटीमण्डपमै पुगेर समापन भएको थियो । 

समापन समारोहमा उप महालेखा परीक्षक इश्वर नेपाल, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. डिल्लीराज शर्माले लेखा शिक्षा तथा पेशाको बारेमा प्रकाश पारेका थिए । 

यस्तै संस्थाका उपाध्यक्ष सिए. कृष्ण आचार्यले लेखा शिक्षाको महत्वप्रति जनचेतना जगाई, लेखा शिक्षाको क्षेत्रमा भएका महत्वपूर्ण उपलब्धिहरुलाई उजागर गर्ने तथा लेखा शिक्षा सम्बन्धि मुद्दाहरुमा नवीन रणनितिहरुको विषयमा छलफल गर्ने, लेखा विद्यार्थीहरुलाई प्रोत्साहन प्रदान गर्ने र लेखा शिक्षाको प्रचारप्रसार गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए । 

 कार्यक्रममा सरकारी निकायका अधिकारी, वरिष्ठ शिक्षाविद्हरु, संस्थाका पार्षदहरु, पूर्व अध्यक्षहरु, संस्थाका सदस्यहरु, संस्थाका विद्यार्थीहरु, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप