मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार:  सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट

मङ्गलबार, २६ जेठ २०८३, ०० : ००
मङ्गलबार, २६ जेठ २०८३

सारांश

  • सत्ता पक्ष र विपक्षी दलबीच लामो समयदेखिको संवादहीनता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आयोजना गरेको सर्वदलीय बैठकमा विपक्षी दल सहभागी भएसँगै तोडिएको छ ।
  • वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै पद स्वतः निलम्बनमा परेका छन् ।
  • सरकारद्वारा गठित छानबिन समितिले गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङको सम्पत्ति विवरणमा कुनै खोट नभेटेको निष्कर्ष निकालेको छ ।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो

सत्ता पक्ष र विपक्षी दलबिच लामो समयदेखि कायम रहेको संवादहीनता तोडिएको छ । सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आयोजना गरेको सर्वदलीय बैठकमा विपक्षी दल सहभागी भएसँगै संवादहीनता तोडिएको हो ।

२. मुद्दा दायर भएसँगै वीरगञ्ज महानगरका मेयर निलम्बित

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनको पद स्वतः निलम्बनमा परेको हो । 

३. प्रदेश र स्थानीय तहलाई वित्तीय हस्तान्तरण

सङ्घ सरकारले आगामी आर्थिक वर्षका लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत प्रदेश र स्थानीय तहलाई कुल ४ खर्ब २४ अर्ब २७ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ ।

४. सुदूरपश्चिम सरकारमा कांग्रेसका मन्त्री फेरिए

सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसले आफ्ना मन्त्री फेरबदल गरेको छ । पुराना मन्त्रीलाई फिर्ता बोलाउँदै नयाँलाई सरकारमा सहभागी गराइएको हो । सत्ता साझेदार दल नेकपा एमालेभित्र भने मन्त्री फेर्ने विषयले विवाद निम्त्याएको छ ।

५. १० सचिवको सरुवा

सङ्घीय सरकारले १० सचिवको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गत शुक्रबार बसेको मन्त्रिपरिषदको निर्णयका आधारमा सचिवहरूको सरुवा गरिएको हो । 

६. संसदमा विपक्षी दलको अवरोध कायमै 

संसदमा विपक्षी दलले अवरोध कायमै राखेका छन् । प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको विरोधमा विपक्षी दलले संसदमा अवरोध गर्दै आएका छन् ।

७. रास्वपाको जिल्ला अधिवेशन: मधेसमा सुल्झिएन विवाद

राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन जारी छ । सोमबार बिहानसम्म ५६ जिल्लामा अधिवेशन भइसक्दा मधेसमा भने हुन सकेको छैन ।

८. सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट

सम्पत्ति विवरण सार्वजनिक भएसँगै विवादमा तानिएर गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङलाई सरकारद्वारा गठित छानबिन समितिले सफाइ दिएको छ। 

गुरुङका सबै सेयर र सम्पत्ति मगाएर अध्ययन गर्दा उनीमाथिको आरोप पुष्टि हुन नसकेको निष्कर्ष समितिले निकालेको हो।

 ९. वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द

वीर अस्पतालमा रहेका दुई वटै सिटी स्क्यान मेसिन बिग्रिएपछि एक महिनादेखि यो सेवा बन्द छ । रोग निदानका लागि महत्त्वपूर्ण मानिने सिटी स्क्यान सेवा बन्द हुँदा बिरामीहरू ट्रमा सेन्टर तथा निजी अस्पतालमा जान बाध्य भएका छन् ।

१०. हिमनदी र हिमपहिरोले लिँदैछ डरलाग्दो रूप

नेपालमा हिमनदी र हिमपहिरोले डरलाग्दो रूप लिँदैछन् । प्रकृति र जलवायु परिवर्तनबिचको सङ्घर्षमा मानिसले अनाहकमा ज्यान गुमाउनुपर्ने अवस्था निम्तिँदै गएको छ । यसबारे रातोपाटीले तयार पारेको विशेष सामग्री–

११. ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्कराज राई (साम्पाङ)लाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । सवारी चलाउँदा अपनाउनुपर्ने न्यूनतम सतर्कता समेत नअपनाई लापरबाहीपूर्ण ढंगले सवारी चलाएको भन्दै उनलाई कारबाहीको दायरामा ल्याइएको हो । 

१२. विश्वकप २०२६

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप