मृत्युपछि सन्तानलाई पैतृकसम्पत्ति दिने छैनन् शाहरुख, बताए यस्तो कारण
शाहरुख खानले आफ्नो मृत्युपछि सन्तानलाई पैतृकसम्पत्ति नदिने बताएका छन् । सम्पत्ति स्वरुप उनले सन्तानलाई राम्रो शिक्षा र एउटा घरबाहेक केही पनि नदिने उनले खुलासा गरेका छन् । यो कुरा उनले केही दिन अघि एक च्यानलाई दिएको अन्तर्वार्तामा भनेका हुन् । उनले भने, ‘हामी मध्यम वर्गीय परिवारका हौं । हाम्रो चाहना पैसा हुँदै होइन । म र गौरी यो कुरामा विश्वास राख्छौं कि यदी पैसा छ भने त्यसलाई राम्रो जीवन व्यतित गर्नमा खर्च गर्नुपर्छ ।’
शाहरुखले भने, ‘मैले कहिले पनि पैसा बचाइनँ । जति पनि कमाएँ, त्यसलाई फिल्म निर्माण र आवश्यक कामका लागि खर्च गरें ।’
सन्तानका लागि घर किन छोड्न चाहन्छन् शाहरुख ?
शाहरुख भन्छन्, ‘मुम्बई आउनुभन्दा पहिले मेरो घर थिएन । त्यसकारण म आफ्ना सन्तानका लागि घर छोड्न चाहन्छु । साथै, उनीहरुलाई राम्रो शिक्षा पनि दिन चाहन्छु ।’
‘मेरा सन्तान आफ्नै हिसाबले सादा जीवन बिताउँनेछन् । हामी उनीहरुको हरेक आवश्यकता पूरा गर्र्छौं । तर हामीसँग त्यति पैसा नै छैन जुन उनीहरुलाई पैतृक सम्पत्तिको रुपमा सुम्पिन सक्छौं ।’
तीन सन्तानका पिता हुन् शाहरुखः
शाहरुख र गौरी तीन सन्तानका आमा–बुवा हुन् । सन् १९९७ मा उनीहरुको जेठो छोरा आर्यनको जन्म भएको थियो । सन् २०१६ मा उनले स्नातक गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आज पेशी
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
-
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची
-
सुदूरपश्चिम सरकारलाई ‘बजेट कानुन’ घाँडो, अधिवेशन अन्योलमा
-
कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम?
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर