दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा अघिल्लो सिजन सोचेअनुरुप प्रदर्शन गर्न नसकेको विराटनगर किङ्स यसपटक बलियो तयारीका साथ मैदानमा उत्रँदै छ । प्रतियोगिताको लिग चरणमा सात खेल खेलेको विराटनगरले गत सिजन मात्र दुई खेलमा जित निकालेको थियो ।
पहिलो सिजन स्टार लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा खेलेको टोलीले आफूलाई बलियो दाबेदार बनाउन सकेन । तर यो सिजन उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्यमा विराटनगर छ । यसैका लागि टोलीले विदेशी खेलाडीमा ठुलो लगानी गर्दै दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस र न्युजिल्यान्डका मार्टिन गप्टिलजस्ता विश्वस्तरीय खेलाडीलाई अनुबन्ध गरेको छ ।
विराटनगरले मुख्य प्रशिक्षकमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दशनायकलाई अनुबन्ध गरेको छ । पुबुदुले अघिल्लो सिजन जनकपुर बोट्सलाई उपाधि दिलाएर आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् ।
अघिल्लो सिजनको नतिजाः
अघिल्लो सिजन विराटनगरले लुम्बिनी लायन्सलाई २ विकेटले र चितवन राइनोजलाई ५१ रनले पराजित गरे पनि बाँकी खेलमा भने पराजय भोग्नुपरेको थियो । टोली पोखरासँग सुपर ओभरमा, कर्णाली याक्ससँग ७ रनले र काठमाडौँ गोर्खाजसँग १ विकेटको झिनो अन्तरमा हार बेहोरेको थियो । यस्तै, जनकपुरसँग ८ विकेटले र सुदूरपश्चिम रोयल्ससँग ९० रनको फराकिलो अन्तरमा पराजित भएको थियो ।
एमएडी ड्रिम्स स्पोर्ट्स प्रालिको स्वामित्वमा रहेको विराटनगर किङ्सलाई उक्त कम्पनीले १ करोड ५१ लाख रुपैयाँमा खरिद गरेको हो ।
विराटनगरको टिमः
सन्दीप लामिछाने, प्रतिश जीसी, लोकेश बम, बसिर अहमद, नरेन भट्ट, सुभाष भण्डारी, नारायण जोशी, सूर्य तामाङ, साहिल पटेल, शंकर राना, श्रावण किस्कु, जर्ज मुन्से, मार्टिन गुप्टिल, शुभम सुभ रञ्जने, मार्चन्ड डी लेङ, फाफ डुप्लेसिस, शमूएल डेली हेजलेट र आयुस न्यौपाने
सन्दीप लामिछाने
लोकेश बम
प्रतिश जिसी
जितेन्द्र मुखिया
राजेश पुलामी
दीपक बोहरा
बसिर अहमद
अनिल खरेल
सुवास भण्डारी
निकोलस किर्तन
मृणाल गुरुङ
मार्टिन गप्टिल
नरेश भट्ट
अकिब इल्यास
ईस्मात आलम
क्रिस सोल
कमल खत्री
फिर्दोस अनसारी
सुजन थपलिया
विराटनगर किङ्स
जनकपुर बोल्ट्स
सुदूरपश्चिम रोयल्स
विराटनगर किङ्स
विराटनगर किङ्स
लुम्बिनी लायन्स
कर्णाली याक्स
विराटनगर किङ्स
पोखरा एभेन्जर्स
विराटनगर किङ्स
विराटनगर किङ्स
चितवन राईनोज
विराटनगर किङ्स
काठमाडौं गुर्खाज