काठमाडौँ । मधेसको प्रतिनिधित्व गरको जकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो सिजनको उपाधि विजेता टोली हो । जनकपुर प्रतियोगिताका ५ खेलमा जित निकाल्दै क्वालिफायरमा पुगेको थियो । तर, प्रतियोगिताको क्वालिफायर सुदूरपश्चिमसँग पराजित भएको टोलीले फाइनलमा सुदूरपश्चिमलाई नै हराएर उपाधि जित्यो ।
एनपीएलको तेस्रो महँगो टोली जनकपुरलाई २ करोड ५ लाखमा ड्रिम स्पोर्टस् प्रालिले खरिद गरेको थियो । अनिल साहको कप्तानीमा रहेको टिमले विदेशी खेलाडीमा पनि राम्रो लगानी गरेको छ । पहिलो सिजनका सुरुवाती खेलहरूमा अनिल साहले कप्तानी गरे पनि रिटायर्ड हर्ट भएपछि आसिफले कप्तानी सम्हालेका थिए ।
यो पटक टोलीले दक्षिण अफ्रिकाका लिजेन्डरी खेलाडी इमरान ताहिरलाई टिममा अनुबन्ध गरेको छ । ताहिर विश्व क्रिकेटका सबै ठुला फ्रेन्चाइजी लिगहरू खेलेका खेलाडी हुन् । टोलीले लाहिरु मिलान्थालाई पनि टिममा निरन्तरता दिएको छ ।
जनकपुरले आफ्नो ‘फेस अफ द बोल्ट्स’मा नेपाली राष्ट्रिय टोलीकी उपकप्तान पूजा महतोलाई राखेको छ । त्यस्तै टिमको मार्की खेलाडी पनि ओपनर आसिफ शेख हुन् ।
जनकपुर बोल्ट्सका अपरेसन हेड निरोज खतिवडाका अनुसार नेपाल प्रिमियर लिग (एनपीएल) को आयोजना हुनुपूर्व नै कम्पनीको लक्ष्य बोल्ट्स एकेडेमी स्थापना गरेर मधेस प्रदेशमा क्रिकेट खेलाडीको उत्पादन गर्ने रहेको बताए ।
‘जनकपुर एनपीएल आयोजना हुनुपूर्व नै घरेलु क्रिकेटमा भएको टिम हो । ड्रिम स्पोर्टसले यसअघि पनि घरेलु क्रिकेटमा जनकपुरलाई खरिद गरेको थियो । हाम्रो लक्ष्य सुरुवातदेखि नै नेपाली क्रिकेटको विकास गर्नु हो । जसका लागि हामी लागि परेका छौँ,’ खतिवडाले रातोपाटीसँगको कुराकानीमा भने ।
पहिलो सिजन कम्पनीले प्रतियोगिताका करिब १० करोड खर्च गरेको थियो । पाँच वर्षको सोच बनाएर टिममा लगानी गरेको हुनाले अहिले नै फाइदाको कुरा नसोचेको अपरेसन हेड खतिवडा बताउँछन् । जनकपुर बोल्ट्स खरिद गर्ने ड्रिम स्पोर्टस म्यानपावर व्यवसायी अमित श्रेष्ठको कम्पनी हो । श्रेष्ठको शिखर ग्रुप अफ कम्पनिज अन्तर्गत म्यानपावर, होटललगायत क्षेत्रमा लगानी छ ।
एनपीएलमा जनकपुरको प्रदर्शन
पहिलो सिजनमै उपाधि उचालेको जनकपुरले सुदूरपश्चिम रोयल्स र चितवन राइनोजसँग भने हार बेहोरेको थियो । पहिलो क्वालिफायरमा जनकपुर सुदूरपश्चिमसँग पराजित भएको थियो । त्यसपछि दोस्रो क्वालिफायरमा भने कर्णाली याक्सलाई हराउँदै फाइनल पुगेको थियो ।
फाइनल खेलमा भने सुदूरपश्चिमलाई हराउँदै जनकपुरले उपाधि जितेको थियो ।
टिमः जनकपुर बोल्ट्स
नेपाली खेलाडीः आसिफ शेख, अनिल साह, ललित राजवंशी, किशोर महतो, शुभ कंसाकार, विकास आगरी, रुपेश सिंह, आदित्य महता, सचिन भट्ट, तुल बद्र थापा मगर, मयण यादव
विदेशी खेलाडीः इमरान ताहिर, लाहिरु मिलन्था, जोन निकोल लोफ्टी ईटन, वेन पार्नेलविदेशी
स्वामित्वः ड्रिम स्पोर्ट्स
टिम मालिकः अमित श्रेष्ठ, शिखर ग्रुप अफ कम्पनीज
मुख्य प्रशिक्षकः शिवनारायण चन्द्रपाल
मार्की खेलाडीः आसिफ सेख
अपरेशन हेडः निरोज खतिवडा
ब्रान्ड एम्बासडरः पूजा महतो
आसिफ शेख
ललित राजवंशी
अनिलकुमार साह
रुपेश कुमार सिंह
किशोर महतो
आकाश त्रिपाठी
शुभ कंसाकार
शेर मल्ल
हेमन्त धामी
अरनिको यादव
तुलबहादुर थापा
जेम्स निसम
शोएब मक्सुद
मोहम्मद मोहसिन
जोशुआ ट्रम्प
लाहिरू मिलन्था
बेन माइक
विराटनगर किङ्स
जनकपुर बोल्ट्स
जनकपुर बोल्ट्स
कर्णाली याक्स
पोखरा एभेन्जर्स
जनकपुर बोल्ट्स
जनकपुर बोल्ट्स
लुम्बिनी लायन्स
जनकपुर बोल्ट्स
सुदूरपश्चिम रोयल्स
जनकपुर बोल्ट्स
काठमाडौं गुर्खाज
चितवन राईनोज
जनकपुर बोल्ट्स
सुदूरपश्चिम रोयल्स
जनकपुर बोल्ट्स
कर्णाली याक्स
जनकपुर बोल्ट्स
सुदूरपश्चिम रोयल्स
जनकपुर बोल्ट्स