चितवन राइनोज चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको क्लब हो । चितवन राइनोजलाई चितवन मेडिकल कलेजले एक करोड ७६ लाख एक हजार रुपैयाँमा खरिद गरेको हो । चितवन राइनोजका मार्की खेलाडी कुशल मल्ल हुन् । चितवन राइनोजका प्रमुख प्रशिक्षक उमेश पटवाल हुन् ।
केही समयअघि काठमाडौँमा सम्पन्न अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) मा चितवन राइनोजले कुनै पनि खेलाडीका लागि अधिकतम १५ लाख रुपैयाँ (अधिकतम सीमा) खर्च गरेको थिएन । चितवन राइनोजले अक्सनमा तीनजना खेलाडीलाई भने १०–१० लाख रुपैयाँमा खरिद गरेको थियो ।
चितवन राइनोजले रिजन ढकाल, कमलसिंह ऐरी र शरद भेषावकरलाई १०–१० लाख रुपैयाँमा खरिद गरेको थियो । विपिन रावलका लागि चितवन राइनोजले आठ लाख रुपैयाँ खर्चिएको थियो । चितवन राइनोजले चारजना खेलाडीलाई भने पाँच–पाँच लाखमा किनेको थियो ।
चितवन राइनोजले पाँच–पाँच लाख रुपैयाँ खर्चिएको खेलाडी सन्तोष कार्की, दीपेश श्रेष्ठ, अमरसिंह रौतेला र दीपक बोहरा हुन् । यसका अतिरिक्त चितवनले रञ्जित कुमारलाई तीन लाख र गौतम केसीलाई दुई लाख रुपैयाँमा खरिद गरेको थियो । अक्सनमा चितवन राइनोजले कुल ६३ लाख रुपैयाँ खर्चिएको थियो ।
चितवन राइनोजले विदेशी खेलाडीका रूपमा इङ्ल्यान्डका रवी बोपरा, दक्षिण अफ्रिकाका मार्चन्ड डे लाङ, इङ्ल्यान्डका ल्यूक मार्टिन बेन केन्स्टाइन, अफगानिस्तानका हसन इसाखिल र नामिबियाका जान निकोल लोफ्टी इटनलाई भित्राई सकेको छ ।
कुशल मल्ल
कमलसिंह ऐरी
अमरसिंह रौतेला
दीपक बोहरा
दीपेश श्रेष्ठ
गौतम केसी
रञ्जित कुमार
रिजन ढकाल
सन्तोष कार्की
शरद भेषावकर
विपिन रावल
ल्यूक मार्टिन बेनकेन्स्टाइन
हसन इसाखिल
जान निकोल लोफ्टी इटन
रवि बोपारा
शलाहुद्दिन खान
मर्चान्ट डी लाङ
शोहेल तनवीर
काठमाडौं गुर्खाज
चितवन राईनोज
चितवन राईनोज
पोखरा एभेन्जर्स
कर्णाली याक्स
चितवन राईनोज
सुदूरपश्चिम रोयल्स
चितवन राईनोज
चितवन राईनोज
लुम्बिनी लायन्स
विराटनगर किङ्स
चितवन राईनोज
चितवन राईनोज
जनकपुर बोल्ट्स
चितवन राईनोज
कर्णाली याक्स